सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मछिन्द्रलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

मछिन्द्रलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा


  • ढोरपाटन सम्वाददाता
  • पुष १७ २०७९, आइतबार

पोखरा/ सहारा क्लब पोखराको आयोजनामा जारी २२ औं आहा रारा पोखरा गोल्डकपमा चर्च ब्वाइजले मछिन्द्रलाई ३–१ ले हराएको छ ।

पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको क्वाटरफाइनल खेलमा चर्च ब्वाइजका दुई आषिस नायक बने । चर्च ब्वाइजका आसिष चापागाईँले दुई र आसिष चौधरीले एक गोल गर्दै चर्च ब्वाइजलाई सेमीफाइनलको यात्रा तय गराएका हुन् ।

२३ औं मिनेटमा चापागाईले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा थप गरिएको चारमिनेटको समयमा उनले व्यक्तिगत दोस्रो गोल गरे ।

यस्तै चौधरीले खेलको ६४ औं मिनेटमा गोल गरे । आसिष चापागाईँ खेलको म्यान अफि दी म्याच घोषित भए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->