बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

मादीका निर्वतमान वडाध्यक्ष सुरजकुमार घरमा जलेको अवस्थामा मृत भेटिए

मादीका निर्वतमान वडाध्यक्ष सुरजकुमार घरमा जलेको अवस्थामा मृत भेटिए


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०७९, सोमबार

पोखरा / कास्कीको मादी गाउँपालिका-१ सिक्लेसका निवर्तमान अध्यक्ष सुरजकुमार गुरुङ आफ्नै घरमा जलेको अवस्थामा मृत भेटिएका छन् । उनी आफ्नै घरमा जलेको अवस्थामा मृत् भेटिएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए ।

वडाध्यक्ष देवीजङ्गका अनुसार आइतबार राति सुरजको घरमा आगो लागेको थियो । राति साढे १० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको हो । सुरजकुमार वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

कपडा पसल सञ्चालन गर्दै आएका गुरुङ घरमा एक्लै बस्ने गर्थे । उनका छोरा र बुहारी गाउँकै अर्को घरमा बसोबास गर्दै आएका छन् । आगलागीबाट सँगैको तौबहादुर गुरुङको घरसमेत जलेर पूर्ण क्षति भएको वडाध्यक्ष देवीजङ्गले जानकारी दिए ।
तौबहादुरको घरमा स्थानीय धनबहादुर गुरुङले किराना पसल सञ्चालन गर्दै आएका थिए । के कारणले आगलागी भएको भन्ने यकिन हुन सकेको छैन ।

गुरुङकाे घरसंगै जलेर ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->