पोखरा / गण्डकी प्रदेश सभाको अधिवेशन आज सोमबार बस्दैछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संसद अधिवेशन आह्वान गरे बमोजिम आज वस्न लागेको हो । दिउँसो ३ बजेका लागि संसद अधिवेशन आह्वान गरिएको छ ।
अहिले ११ बजे सर्वदलीय बैठक बस्दैछ । उक्त बैठकले नै संसद बैठकको कार्यसूची तय गर्नेछ । प्रदेश प्रमुख गुरुङले गण्डकी प्रदेश सरकार गठनको आह्वान भने गरेका छैनन् ।
नयाँ सरकार गठन नभएको हुँदा सत्तापक्ष को र प्रतिपक्ष को भन्ने प्रष्ट छैन । संसदलाई काम दिने पनि सरकारले हो । तर सरकार नै नबनेको हुँदा संसद बैठकमा के गर्ने भन्ने पनि सर्वदलीय बैठकबाट टुंगो लाग्नेछ ।





