सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

संकटा तेस्रो पटक सेमिफाइनलमा प्रवेश

संकटा तेस्रो पटक सेमिफाइनलमा प्रवेश


  • ढोरपाटन संवाददात
  • पुष १८ २०७९, सोमबार

पोखरा / पोखरामा जारी २२ औं आहा रारा पोखरा गोल्डकपमा आर्मीमाथि पुनरागमन जित निकाल्दै संकटाले तेस्रो पटक सेमिफाइनलको यात्रा तय गरेको छ ।

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशाला स्थित फुटबल मैदानमा भएको खेलमा आर्मी माथि पुनरागमन सहित ३–१ को जित निकाल्दै संकटाले तेस्रो पटक सेमिफाइनलको यात्रा तय गरेको हो ।

यो संकटाको आठौं सहभागिता हो । संकटा तिन पटक सेमिफाइनल प्रवेश गरेको हो । २०७७ सालमा च्याम्पियन समेत बनेको हो । आर्मी १५ औं पटक सहभागिता जनाउँदा उपाधि विहिन छ ।

१४ औं मिनेटमा नवयुगले पेनाल्टि मार्फत गोल गर्दै अग्रता आर्मीलाई अग्रता दिलाए । आर्मीका दिनेश हेमजनलाई संकटाका निशान खड्काले डिएरियामा लडाएपछि पेनाल्टि पाएको थियो । नवयुगले पेनाल्टिको सदुपयोग गर्दै सहजै गोल गरे ।

३६ औं मिनेटमा मेस्सुकेले बराबरी गोल गरे । कप्तान सुनिल बलले डिएरियाभित्र दिएको सर्टपासमा मेस्सुकेले उत्कृष्ट गोल गरे ।

७९ औं मिनेटमा संकटाका सुरज जिउ ठकुरीले रिवाउन्ड बलमा उत्कृष्ट गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए ।

निर्धारित समयमा थप गरेको अतिरिक्त ६ मिनेटको चौथो मिनेटमा स्टेफनले गोल गर्दै जित निश्चित गराए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->