बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

१७१ घरधुरीमा पानीको धारा

१७१ घरधुरीमा पानीको धारा


  • ढोरपाटन संवाददाता
  • पुष २० २०७९, बुधबार

स्याङ्जा/कालिगण्डकी गाउँपालिका–४ चिफलडाँडा, कुलुम र पुछारका १ सय ७१ घरधुरीमा खानेपानीको धारा पुगेको छ । गाउँपालिकाको ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत घर घरमा पानीको धारा पुगेको हो ।

खोला तथा कुवाको पानी खानुपर्ने बाध्यता रहेको यहाँका तीन गाउँमा पालिकाले ६ महिनामा घर घरमा धारा पु¥याएको हो । पालिकाको ६९ लाख आठ हजार एक सय र जनश्रमदान नौ लाख १४ हजार २८६ गरी कुल ७८ लाख २२ हजार ३८६ रुपैयाँको लागतमा घर घरमा धारा पुगेको हो ।

पालिकाले काठेखोलाँमा रहेको पानीलाई शुद्धिकरण गरेर एक हजार ८०३ मिटर लामो दुई इन्चको प्लाष्टिक पाइपको माध्यबाट चिफलडाँडामा ६२ हजार लिटरको ट्याङकी निर्माण गरी ३६ वटा च्याम्बरको माध्यमबाट तीनै टोलमा पानी पु¥याएको पालिका अध्यक्ष खिमबहादुर थापाले बताए ।

बर्षात्को समयमा एकै धाराबाट १० घरले पानी उपभोग गर्नुपर्ने बाध्यता रहेको यहाँ हिउँदमा पानीको बिकराल समस्या रहेको छ । बर्षात्मा जेनतेन गरेर पानी खाने गरेको भएपनि हिउँदको ठुलो समस्यालाई पालिकाले सहज बनाएको सिता पाण्डेलले बताइन् ।

उनले आधा घण्टा तल रहेको कुवाबाट पानी ल्याएर उपभोग गरेको बताउँदै कहिलेकाहीँ लाईनमा बसेर कुवाको पानी सकिँदा रित्तै फर्केको स्मरण गरिन् । कुवाको पानी नपाउँदाँ घरदेखी १५ मिनेट टाढा रहेको काठेखोलाको फोहोर पानी सिधै थापेर प्रयोग गरेको बताउँदै पाण्डेले स्वच्छ खानेपानीको लागि गाउँपालिका भगवान बनेको बताइनु । दुर्गम गाउँमा खानेपानी घर घरमा पुगेर्सगै स्थानीय हर्षित बनेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->