सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

संकटा दोस्रो पटक आहा राराको फाइनलमा

संकटा दोस्रो पटक आहा राराको फाइनलमा


  • ढोरपाटन संवाददाता
  • पुष २० २०७९, बुधबार

पोखरा / संकटा क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकपका फाइनलमा प्रवेश गरेको छ ।

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा साविक विजेता एपिएफलाई ४–१ ले हराउँदै सानदार जित सहित फाइनल प्रवेश गरेको हो ।

२०७७ सालमा एपिएफलाई नै सेमिफाइनलमा २–० ले हराउँदै फाइनल प्रवेश गरेको संकटाले पुनः एपिएफलाई नै हराएको हो ।

संकटाको जितमा मेस्सुके र स्टेफनले समान दुई दुई गोल गरे । एपिएफका लागि हरि कार्कीले गोल गरे ।

मेस्सुकेले खेलको ४३ औं र ८६ औं मिनेटमा गोल गरे । स्टेफन विनोङले पाँचौं र ६१ औं मिनेटमा गोल गरे ।

स्टेफन खेलको म्यान अफ दि म्याच समेत घोषित भए । एपिएफ गत वर्षको आहा गोल्डकप विजेता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->