बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

कार्यदलले शीर्ष नेतालाई बुझायो न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट

कार्यदलले शीर्ष नेतालाई बुझायो न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट


  • ढोरपाटन संवाददाता
  • पुष २३ २०७९, शनिबार

काठमाडौं / कार्यदलले तयार गरेको सरकारको न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट समितिले उच्चस्तरीय संयन्त्रलाई बुझाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कार्यदलले तयार पारेको ड्राफ्ट संयोजक केपी शर्मा ओलीलाई शनिवार बुझाइएको हो ।

एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक अर्थमन्त्रालयमा वसेको बैठकले न्यूनतम साझा कार्यक्रममलाई पूर्णता दिएको थियो ।

सरकारका लक्ष्यहरू किटान गर्ने र अघिल्लो सरकारले असन्तुलित बनाएको विदेश नीतिलाई सन्तुलित बनाउँदै छिमेकी तथा विकास साझेदारहरूको विश्वास आर्जन गर्ने लगायतका विषय समेटिएका छन् ।

पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने कार्यदल गठन गरेको थियो ।

अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा माओवादीबाट वर्षमान पुन, रास्वपाबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->