पोखरा / सत्ता गठबन्धनमा प्रदेशको नेतृत्वको भागबन्डामा सहमति जुटेको छ । आइतबार साँझ बालुवाटारमा बसेको बैठकले सहमति जुटाएको हो । उच्च स्रोतका अनुसार मधेसमा पहिलो कार्यकाल जसपाले चलाउने भएको छ । दोस्रो कार्यकाल जनमत पार्टीले चलाउने छ ।
वाग्मतीमा पहिलो कार्यकाल माओवादीले नेतृत्व गर्नेछ । दोस्रो कार्यकाल एमालेले नेतृत्व गर्नेछ । गण्डकी र लुम्बिनीमा पूरै कार्यकाल एमालेले नेतृत्व गर्नेछ । कर्णालीमा पूरै कार्यकाल माओवादीले नेतृत्व गर्नेछ । सुदूरपश्चिममा पहिलो कार्यकाल एमालेले चलाउँदा दोस्रो कार्यकाल माओवादीले चलाउनेछ । प्रदेश १ एमालेले पाइसकेको छ ।
गठबन्धनले प्रदेश सभामुख र उपसभामुखमा पनि भागबण्डा मिलाएको छ । मधेस र कर्णालीमा एमालेले सभामुख पाउने छ । प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा सभामुख माओवादीलाई दिईने छ । बाग्मतीको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीले लिने छ ।
त्यस्तै उपसभामुख प्रदेश १ र गण्डकीमा एमालेले पाउनेछ । बागमती र कर्णालीको उपसभामुख माओवादीलाई, लुम्बिनीको उपसभामुख राप्रपा, मधेश प्रदेशको उपसभामुख जनमत पार्टीलाई र सुदूरपश्चिमको उपसभामुख नागरिक उन्मुक्ति पार्टीलाई प्रस्ताव गरिएको छ ।





