बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

डेरा सर्दै मुख्यमन्त्री

डेरा सर्दै मुख्यमन्त्री


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०७९, सोमबार

पोखरा/आइतबार अर्थमन्त्री रामजी बरालले पत्रकार सम्मेलन गरेर आफ्नो १८ महिने कार्यकालमा भएगरेका कामको विवरण सुनाए । उनले पत्रकार सम्मेलन गरिरहँदा आडमै रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्याले भने सुनसान थियो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल भने पर्यटनमन्त्री तथा प्रवक्ता मणिभद्र शर्मासँग कुराकानी गर्दै थिए । प्रवक्ता शर्माले पनि सोमबार बिहान पत्रकार सम्मेलन गर्ने सूचना जारी भएको थियो ।

तर, मुख्यमन्त्रीसँगको सल्लाहपछि उनको पत्रकार सम्मेलन स्थगित भयो । मुख्यमन्त्री भएयता एकपटक पनि पत्रकार सम्मेलन नगरेको पोखरेलले सोमबार भने पत्रकार सम्मेलन गर्ने उनै प्रवक्ता शर्माले जानकारी दिए ।

तर, मुख्यमन्त्री कार्यलयबाहिर भने दृश्य अर्कै थियो । उनका स्वकीय सचिव र चालकहरुले मुख्यमन्त्रीको कार्यालयभित्र सजाइएका मायाको चिनो, सम्मानपत्र, कदरपत्र, फ्रेमसहितका फोटोहरु ओसार्दै थिए । सोमबार नै गण्डकीका नयाँ मुख्यमन्त्री चुनिने हुँदा मुख्यमन्त्रीको कार्यालयको त्यो दृश्यले भने मुख्यमन्त्री डेरा सर्न तयारी गरिरहेको जनाइरहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->