बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

देवचुलीको हिउँदे अधिवेशनः तीन विधेयक पारित

देवचुलीको हिउँदे अधिवेशनः तीन विधेयक पारित


  • ढोरपाटन संवाददाता
  • पुष २६ २०७९, मंगलबार

नवलपुर / देवचुली नगरपालिकाको दोस्रो नगरसभाको दोस्रो हिउँदे अधिवेशन सम्पन्न भएको छ । सोमबार नगर सभाहलमा भएको अधिवेशनले तीन वटा विधेयक पास गरेको छ । नगरसभाले दुईवटा विद्येयक संशोधन गरेको छ भने एउटा नयाँ विधेयक ल्याएकोे छ ।

सभाले संशोधन विधेयकअन्तर्गत शिक्षा ऐन २०७६ र आर्थिक ऐन २०७९ पारित गरेको हो भने वन ऐन २०७९ ल्याएको छ । सभामा चालु आर्थिक वर्ष २०७९–०८० को लागि विनियोजन ऐन बमोजिम व्यवस्था गरिएको विनियोजित बजेट तथा कार्यक्रमको चालु आर्थिक बर्षको पहिलो ५ महिना मंसिर मसान्त सम्मको प्रगति प्रस्तुत गरिएको थियो । सभामा प्रस्तुत ३६ वटा कार्यक्रम तथा योजनाहरुलाई नगरसभाले अनुमोदन गरेको छ ।

दोस्रो नगरसभाको हिउँदे अधिवेशनमा विधायन समितिका संयोजक एकदेव पौडेलले विधायन समितिबाट पेश भएको विधेयकको मस्यौदा प्रस्तुत गरेका थिए ।

त्यसपछि नगरप्रमुख हरिप्रसाद न्यौपानेले विद्येयकको पक्ष–विपक्षमा छलफल सहित राय प्रस्तुत गर्न सभा सदस्यलाई आग्रह गरेका थिए । चालु वर्षको प्रगति प्रतिवेदन उपप्रमुख पार्वता तिवारीले प्रस्तुत गरेकी थिईन् । तालीको माध्यमबाट ध्वनी मत संकेतले प्रस्तुत विधेयक र कार्यक्रम तथा योजना पारित गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->