बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, दुई सांसद मात्रै विपक्षमा

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, दुई सांसद मात्रै विपक्षमा


  • ढोरपाटन संवाददाता
  • पुष २६ २०७९, मंगलबार
विश्वासको मत प्राप्त गरेपछि हात हल्लाउँदै प्रधानमन्त्री प्रचण्ड |

पोखरा / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट प्रचण्ड मतसहित विश्वासको मत पाएका छन्। पुस २६ गते बसेको प्रतिनिधि सभा बैठकमा उपस्थित २७० मध्ये २६८ सांसदले प्रचण्डको पक्षमा मतदान गरेका हुन।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने प्रचण्डको विपक्षमा मत दिए।

जम्मा ३२ सांसद भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दल तथा स्वतन्त्र सांसदले समेत विश्वासको मत दिएका हुन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->