बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

जातीय विभेद गरेको आरोपमा पोखरा महानगरका वडाध्यक्ष पक्राउ

जातीय विभेद गरेको आरोपमा पोखरा महानगरका वडाध्यक्ष पक्राउ


  • ढोरपाटन संवाददाता
  • पुष २६ २०७९, मंगलबार

पोखरा / प्रहरीले जातीय विभेद गरेको आरोपमा पोखरा महानगरपालिका-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो ।

आफ्नै वडाध्यक्ष जातीय विभेदजन्य गालीगलौजमा उत्रिएपछि पोखरा महानगरपालिका-२४ की दलित महिला सदस्य मैया नेपालीले आइतबार उनीविरुद्ध जाहेरी दिएकी थिइन् ।

नेपालीका अनुसार वडाले लक्षित समूहका लागि छुट्ट्याएको ५ लाख रुपैयाँमध्ये महिलालाई ४ लाख र दलितलाई १ लाख रुपैयाँ विनियोज गरेको थियो । महिलालाई छुट्ट्याइएको बजेट खर्च गर्न महिला भेला गरेर योजना निर्धारण गर्ने तय गरिएको थियो ।

पुस १८ मा छलफलका लागि महिला भेला बोलाइएकोमा वडाध्यक्षले एकलौटी रुपमा एक हस्तकला प्रशिक्षकलाई ल्याएर तालिम उद्घाटनको नाम दिए । महिला सदस्यले विरोध जनाए । दलित महिला वडा सदस्य नेपालीले पनि विरोध जनाउने क्रममा वडाध्यक्ष अधिकारीले तथानाम गाली गरेको महिलाले दिएको जाहेरीमा उल्लेख गरिएको छ ।

वडाध्यक्ष अधिकारीले वडा सदस्यको हैसियत अध्यक्षको जस्तो नहुने भन्दै वडाले दिएको बजेटमा चित्त बुझाएर बस्न भन्दै धम्की दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->