पोखरा / गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजिव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएका छन् । मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गरी शुक्रबार बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत दिन आफु सहभागी नहुने मनाङेले बताए ।
‘संघीयता विरोधी पार्टी पनि सरकार छ, त्यसो भएपछि मैले किन विश्वासको मत दिने ?’, उनले भने, ‘म विश्वासको मत दिन जान्न, घरमै सुतेर बस्छु ।’
अधिकारी मनाङेसहित ३३ सांसदको समर्थनमा पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । स्वतन्त्र रुपमा मनाङबाट निर्वाचित उनी पछि नेकपा एसमा प्रवेश गरेका थिए । मुख्यमन्त्रीमा अधिकारीलाई समर्थन गरेपछि उनले आफु २ बर्षपछि मुख्यमन्त्री बन्ने दावी गरेका थिए ।





