बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

पोखरा १४ मा बोक्सी प्रथाविरुद्ध सचेतना

पोखरा १४ मा बोक्सी प्रथाविरुद्ध सचेतना


  • ढोरपाटन संवाददाता
  • पुष २९ २०७९, शुक्रबार

पोखरा/ पोखरा १४ मा बोक्सी प्रथाविरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । ‘मान्छे बोक्सी हुन्न कहिल्यै, राष्ट्रिय जागरण प्रतिष्ठान’ को आयोजना तथा पोखरा महानगरपालिका र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा कार्यक्रम भएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १४ का अध्यक्ष बोधबहादुर कार्कीले अभियानको प्रशंसा गर्दै यो अभियान देशव्यापी हुनुपर्नेमा जोड दिए । उनले समाजमा अझै पनि यस्तो कुप्रथा कायम रहेकोले हरेक नागरिक यसकाविरुद्ध लाग्नुपर्नेमा जोड दिए ।

ग्रामीण भेगमा मात्रै नभई सहरी क्षेत्रमा समेत यो प्रथा कायम रहेकोले सरकारी र गैरसरकारी क्षेत्रले यस्तो प्रथा उन्मुलनको लागि समानान्तर प्रयास गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रमका वक्ताहरुले यो अभियानलाई अझै प्रभावकारी रुपमा लैजानुपर्नेमा जोड दिँदै विद्यालय स्तरबाट नै सचेतना फैलाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा उनीहरुले बोक्सी जस्तो कुप्रथाका कारण अझै पनि नेपालका विभिन्न ठाउँमा महिलाहरुले ज्यान गुमाउनु परेको, अंगभंग हुनुपरेको र सामाजिक बहिष्करणमा पर्नुपरेको घटनाहरु देखाउँदै यो प्रथा मानव सभ्यताको कलंकको रुपमा आएको बताए ।

मानव सभ्यतालाई नै औंला उठाउने गरी समाजमा छाएको यो प्रथम विरुद्ध सबैले एउटै आवाज उठाउनुपर्ने वक्ताहरुको भनाई थियो । अभियानका अध्यक्ष कोविदशरण उपाध्यायको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं. १४ का टोल विकास संस्थाका अध्यक्ष तथा पदाधिकारी, विभिन्न आमा समुहका अध्यक्ष तथा पदाधिकारीको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->