सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकी महिला हक्की टोलीलाई जर्सी सहयोग

गण्डकी महिला हक्की टोलीलाई जर्सी सहयोग


  • ढोरपाटन सम्वाददाता
  • पुष ३० २०७९, शनिबार

पोखरा / गण्डकी प्रदेशको महिला हककी टोलीलाई कास्की परिवार दक्षिण कोरियाले जर्सी सहयोग गरेको छ ।

कोरियामा रहेका नेपालीहरुको संस्था कास्की परिवार दक्षिण कोरियाले महिला हक्की टोलीलाई १८ थान जर्सी सौजन्य गरेको हो ।

शनिबार पोखरा रंगशालामा खेलाडीहरुलाई जर्सी हस्तान्तरण गर्दै संस्थाकी अध्यक्ष आरती होमल्योले महिलालाई असहज परिस्थिति रहेको समाजमा पनि यसरी आँट गरेर खेलाडी बन्नु सामान्य कुरा नभएको बताइन् ।

समाजले महिलालाई धेरै कुरामा बन्देज लगाइरहेको स्थितिमा समेत खेलाडी भनेर स्वतन्त्र तरिकाले खेल्न पाउँदा परिवारले गरेको समर्थनको कदर गर्न समेत आग्रह गरिन् ।

जर्सी सहयोग पश्चात बोल्दै उनले उक्त कुरा बताएकी हुन् । ‘हाम्रो संस्था कास्कीमा रहेका र बैदेशिक रोजगारका लागि कोरिया गएका नेपालीहरुको संस्था हो ।

हामीले सामाजिक कार्यका लागि यो संस्था खोलेका हौं’ उनले भनिन्,‘हामीले विभिन्न समस्या आएमा कोरियामै पनि सहयोग गर्छौ ।

हामीले शिक्षा, रोजगार लगायतको क्षेत्रमा काम गर्दै आएका थियौं । खेलकुदमा काम गर्ने चाहाना भएपनि अवसर पाएका थिएनौं ।’

संस्थाको आर्थिक स्रोत सदस्यहरुबाट उठाउने लेवि मात्रै रहेको बताउँदै उनले देशको नाम उचो बनाउन अझ मिहेनत गरेर खेल्न समेत आग्रह गरिन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->