बागलुङ/ बङ्गलादेशमा आयोजित अन्तराष्ट्रिय कराते प्रतियोगितामा बडीगाडका गणेश पाईजाले स्वर्ण पदक जितेका छन् । नेपालबाट प्रतिनिधित्व गर्दै बडिगाड गाउँपालिका (बडीगाड डोजोका) खेलाडी गणेश पाईजाले स्वर्ण पदक जितेका हुन् । उनले ५५ केजी प्लसमा स्वर्ण पदक जितेका हुन् ।
प्रतियोगितामा लक्ष्मण पुनले ४५ केजीमा रजत पदक, विज्जल पाईजा र राजन कुमार पाईजाले पनि रजत पदक जितेका छन् । बडिगाड डोजोको टिम ब्यबस्थापनमा तेजेन्द्र पाईजा गएका थिए ।
बडीगाडका राजन कुमार पाईजा थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएका छन् । उनी बडिगाड डोजोका प्रमुख प्रशिक्षक हुन। बडीगाड गाउपालिकाले कराते खेललाई विशेष रुपमा प्राथमिक दिदै आएको छ । बडिगाड डोजोले पनि खेलकुदमा नयाँ चिनारी लिन सफल भएको छ ।
खेलाडीहरुलाई केही दिन आगाडि बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमसेन वन लगायत बडिगाड गाउँपालिका परिवारले बिदाइ गरि शुभकामना दिएका थिए ।





