बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

विमान दुर्घटनामा पत्रकार त्रिभुवनको निधन, महासंघले १३ दिन शोक मनाउने

विमान दुर्घटनामा पत्रकार त्रिभुवनको निधन, महासंघले १३ दिन शोक मनाउने


  • ढोरपाटन संवाददाता
  • माघ १ २०७९, आइतबार

पोखरा / यती एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको निधन भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका पौडेल पोखरामा नेपाल प्रेस सेन्टरको बैठकको तयारीमा थिए । त्यसकै निम्ति उनी बैठकको मिति तय गर्न काठमाडौं पुगेका बताइएको छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण समय नमिलेपछि १-२ दिनमा फेरि काठमाडौं फर्किने गरी पौडेल यती एयरलायन्सको विमानमा पोखरा फर्किएका थिए ।

जहाजमा सवार ७२ जनामध्ये ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । जसमध्ये पौडेलको पनि शव सनाखत भएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् । पत्रकार पौडेलको पाइन्टमा वालेट र उनको परिचयपत्रसमेत भेटिएका आधारमा उनको शव पहिचान भएको हो ।

नेपाल पत्रकार महासंघले पौडेलको निधनमा १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने र १३ दिनसम्म केन्द्रीय कार्यालयसहित प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय भएको महासचिव रोशन पुरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->