बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

यती एयरलाइन्सको आजका सबै उडान रद्द

यती एयरलाइन्सको आजका सबै उडान रद्द


  • ढोरपाटन संवाददाता
  • माघ २ २०७९, सोमबार
फाइल तस्बिर ।

पोखरा / यती एयरलाइन्सले आजका लागि पूर्वनिर्धारित सबै उडान रद्द गरेको छ । आइतबार साँझ सूचना जारी गर्दै एयरलाइन्सले आज (सोमवार)का लागि तोकिएका सबै नियमित उडान रद्द गरिएको जनाएको हो ।

एयरलाइन्सले आपत्कालीन र उद्धार उडान भने जारी रहने जनाएको छ । आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९ एनएएनसी विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो ।

उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । त्यसमध्ये हालसम्म ६९ शव फेला परेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->