
पोखरा / यती एयरलाइन्सको पोखरामा भएको विमान दुर्घटनाको उद्धारकार्यलाई आज बिहानैदेखि निरन्तरता दिइएको छ । बिहान करिब साढे ६ बजदेखि नै उद्धारकार्य थालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार विमान निकै साँघुरो खोचमा खसेकाले उद्धारकार्यमा समस्या भएको छ । ‘निकै जटिल छ । एकदमै साँघुरो खोच छ । त्यसैले उद्धारमा कठिनाइ भएको छ,’ प्रजिअ केसीले भने, ‘हिजो पनि रातिसम्म खोज्यौँ । अँध्यारो भयो । त्यसपछि खोज्न मुस्किल भएकाले रोकिएको थियो ।’





