बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

बागलुङकी थापालाई उपसभामुख बनाउने एमाले निर्णय

बागलुङकी थापालाई उपसभामुख बनाउने एमाले निर्णय


  • ढोरपाटन संवाददाता
  • माघ २ २०७९, सोमबार

पोखरा / नेकपा एमालेले गण्डकी प्रदेश सभाको उपसभामुखमा सांसद बिना कुमारी थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले गण्डकी प्रदेश सभा संसदीय दलको सोमवार विहान बसेको वैठकले थापालाई उपासभामुख बनाउने निर्णय गरेको एमाले सांसद कृष्ण पाठकले वताए ।

थापा प्रदेश सभामा बागलुङबाट समानुपातिकमा निर्वाचित भएकी हुन् । गण्डकी प्रदेश सभामा आजै उपसभामुखको निर्वाचन गर्ने कार्यतालिका छ । प्रदेश सभासद थापा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्ने छिन् ।

एमालेमा कास्कीकी देवका पहारी, नवलपुरकी पद्मा जिसी पनि उपसभामुखको आंकाक्षी थिए । तर, अन्त्यमा बाजी भने विनाले मारिन् । लामो समय अखिल नेपाल महिला संघमा काम गरेकी उनी बागलुङ एमाले सचिवालय सदस्य हुन् । एमालेको यो निर्णयसँगै बागलुङको बडीगाड-१ की बासिन्दा विना उपसभामुख बन्ने पक्काजस्तै भएको छ ।

६० सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनमा रहेको एमालेको २२, माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ गरी स्पष्ट बहुमत छ । उता, सभामुखमा पनि सरस्वती अर्याललाई उम्मेदवार बनाएको कांग्रेसले उपसभामुखमा पनि महिला लमजुङकी पार्वती तामाङलाई अगाडि सारेको हो ।

कांग्रेस गण्डकीको संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्रतिस्पर्धामा भाग लिनु कांग्रेसको नैतिक धर्म र अधिकार पनि भएकाले प्रतिस्पर्धामा उत्रिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->