बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

भेटियो दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’, के हुन्छ यसमा ?

भेटियो दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’, के हुन्छ यसमा ?


  • ढोरपाटन संवाददाता
  • माघ २ २०७९, सोमबार

पोखरा / पोखरामा आइतबार दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । ब्ल्याक बक्सभित्र भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर हुन्छ ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले भ्वाइस रेकर्डर, फ्लाइट डाटा रेकर्डर फेला परेको जानकारी दिएका हुन् । उनले दुवैै भेटिएको र छानबिन समितिलाई हस्तान्तरण गर्ने जानकारी दिए ।  ‘अहिले भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर फेला परेको छ । छानबिन समितिलाई हस्तान्तरण गर्ने तयारीमा छौँ,’ उनले भने ।

फ्लाइट डेटा रेकर्डर
फ्लाइट डेटा रेकर्डरले प्राविधिक पक्षको रेकर्ड राख्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी जगननाथ निरौलाले बताए । निरौलाका अनुसार त्यसमा विमानका हरेक उपकरणको अवस्था, उचाइ, दिशा, तापक्रम, गति, इन्धनको मात्रा, अटो-पाइलटको अवस्थालगायत विवरणहरूको अभिलेख रहन्छ । ‘कुनै उपकरणले काम गरिरहेको थिएन भने त्यो कुरा यसमा फ्लाइट डाटामा रेकर्ड हुन्छ । जसले गर्दा प्राविधिक कुरा पत्ता लगाउन सजिलो हुन्छ,’ उनले भने ।

भ्वाइस रेकर्डर 
भ्वाइस रेकर्डरमा पाइलटको, कटपिटको, टावरसँग हुने सञ्चारको र प्यासेन्जर अनाउन्समेन्ट रेकर्ड हुन्छ  । ‘पाइलटले के बोल्यो, के सुन्यो, केही खराबी थियो भने को-पाइलटलाई जानकारी दियो कि दिएन । यात्रु र टावरलाई खबर गर्यो कि गरेन त्यो आवाज सुनेपछि धेरै थाहा हुन्छ,’ उनले भने । यसले दुर्घटना हुनको कारण पत्ता लगाउन सहज हुने निरौला बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->