पोखरा / पोखरा विमान दुर्घटनामा हराइरहकामध्ये थप एकजनाको शव फेला परेको छ । सेतींखोंचमा थप एकजनाको शव भेटिएपछि अब तीनजनाको अवस्थामात्र अज्ञात रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए ।
पछिल्लो शव सेतीको पानीबाट निकालिएको हो । घटनास्थलमा अहिले पनि उद्दार कार्य जारी छ ।
यता, शवको पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ भने नेपाली सेनाले प्राप्त गरेको ब्ल्याक बक्स नागरिक उड्ड्यन प्राधिकरणका अधिकारीलाई हस्तान्तरण गरेको छ ।





