बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

विमान दुर्घटनाका २ जना अझै अज्ञात, गोताखोर र ड्रोनले एकसाथ खोज्दै

विमान दुर्घटनाका २ जना अझै अज्ञात, गोताखोर र ड्रोनले एकसाथ खोज्दै


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०७९, मंगलबार

पोखरा / पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता भएकामध्ये २ जना अझै भेटिएका छैनन्।

दुर्घटनालगत्तै परिचालन भएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले निरन्तर प्रयास गर्दापनि २ वटा शव अझै भेट्न नसकिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए।

उनका अनुसार आज मंगलबार बिहानैदेखि खोजी कार्य सुरु भएको छ। ‘हामी आज पनि खोजी कार्य सुरु गर्दैछौं। सोचेजस्तो सजिलो छैन्,’ केसीले भने, ‘गोताखोरदेखि ड्रोनसम्म प्रयोग गरेर हामीले खोजीकार्य अघि बढाएका छौं।’

सोमबार पनि ड्रोन प्रयोग गरी २ जनाको शव पत्ता लगाइएको थियो। दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार ७ वटा शव फेला पारिएको केसीले बताए।

र्घटनामा निधन भएका चालक दलका सदस्य (क्रु मेम्बर), विदेशी नागरिक र पहिचान हुन नसकेका र काठमाडौंमा आफन्त भएकाहरुको शव आज काठमाडौं पठाइँदैछ।

पहिचान भएका र आफन्त उपस्थित भएकाहरुको शब भने पोखराबाटै हस्तान्तरण गरिँदैछ। हिजो वेलुका एक जनाको शव हस्तान्तरण गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->