बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

आज मन्त्रीमण्डल विस्तार, मन्त्रीहरूको शपथ दिउँसो १ बजे

आज मन्त्रीमण्डल विस्तार, मन्त्रीहरूको शपथ दिउँसो १ बजे


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०७९, मंगलबार

पोखरा / सत्तारुढ दलहरुले मन्त्रालयको भागवण्डा टुंग्याएलगत्तै आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ। दिउँसो १ बजे नयाँ मन्त्रीहरूको शपथ हुने कार्यक्रम तय भएको छ।

हिजो सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागवण्डा टुंग्याएको हो।

दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ४ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। अहिले माओवादीबाट प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री छन्। अब ३ मन्त्री र र १ राज्यमन्त्री थपिने छन्।

त्यस्तै, नेकपा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। एमालेबाट अहिले सरकारमा बिना विभागीयसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्रीसहित ४ मन्त्री छन्। एमालेले अब ४ मन्त्रालय पाएको छ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृहबाहेक शिक्षा र श्रम मन्त्रालय पाएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री सहित सरकारमा रहेको रास्वपाले थप २ मन्त्रालय पाएको हो।

राष्ट्रिय प्रजातान्त्र पार्टीले पनि दुई मन्त्रालय पाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री बन्ने भएका छन्। साथमा सहरी विकास र खेलकुद मन्त्रालय राप्रपाको भागमा परेको छ।

जनता समाजवादी पार्टीलाई २ मन्त्रालय दिने निर्णय भए पनि ऊ सहमत भएको छैन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->