पोखरा / यती एयरको आइतवार पोखरामा भएको विमान दुर्घटनामा परेका थप एक जना महिलाको शव भेटिएको छ । दुर्घटनास्थलबाट ३०० मिटर तल सेती नदीमा महिलाको शव भेटिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक वहादुर केसीले जानकारी दिए ।
यो सँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको छ । अब १ जनाको अवस्था अज्ञात रहेको छ । सेतीको पानी घटाएर बेपत्ता एक जनाको खोजी भइरहेको छ । यति एयरको विमानमा चालक दलसहित ७२ यात्रु थिए । मंगलबार बिहानैबाट गोताखोर र ४ वटा ड्रोनको प्रयोग गरेर खोजी थालिएको थियो ।





