बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

८ करोड लगानीमा चादीँको थालमा खाना खुवाउन त्रिपुरा लाउन्ज बार संचालनमा

८ करोड लगानीमा चादीँको थालमा खाना खुवाउन त्रिपुरा लाउन्ज बार संचालनमा


  • ढोरपाटन संवाददाता
  • माघ ४ २०७९, बुधबार

पोखरा/ पर्यटकीय नगरी पोखरामा दरबारको झल्को दिनेगरी लाउन्ज बार संचालनमा आएको छ ।

सुरेश कुमार श्रेष्ठको लगानीमा पोखरामा नयाँ प्रकृतिको लाउन्ज संचालनमा ल्याएका हुन् ।

‘मैले नयाँ सोँचले यो संचालनमा ल्याएको हुँ । यहाँ दरबारको झल्को दिने सोचेको छु । लेकसाइडमा नयाँ के दिने भन्दा दरबारको अनुभव दिने भन्ने योजना आयो ।

हामीले दरबारको कथा र इतिहास सुनेका छौं । त्यसैले पोखरा घुम्न आउने पर्यटकका लागि यो संचालनमा ल्याएका हौं ’ उनले भने,‘यहाँ शाही खानाको समेत परिकार दिने सोँच बनाएका छौं ।

इतिहास र आधुनिकतालाई मिश्रीत गरेर अघि बढेको हुँ ।’ लाउन्ज बारको बारेमा बुधबार पत्रकार सम्मेलनमा मार्फत उनले उक्त कुरा बताएका हुन् ।

उनका अनुसार लाउन्जबार निमार्ण गर्नमात्रै चार वर्ष लागेको थियो । निमार्णका दौरान दरबारको आकृति बनाउनका लागि पोखरामा कामदार नै नभेटिदा रुन मन लागेको समेत उनको भनाइ छ ।

‘हामीले सुनको दरवार सेतो दरबार सुनेको छौं । इतिहासलाई समेट्ने गरी मैले यहाँ राजाहरुको पनि फोटो राख्ने सोच बनाएको छु ।

राष्ट्र निर्माता पृथ्वी नारायण शाहको त शालिक नै बनाएको छु’ उनले भने,‘यो कामका लागि मैले पैसा दिदाँ काम गर्ने समेत भेटिन ।

कतिपटक त रुन मन पनि लाग्यो । पछि काठमाण्डौंबाट भाइहरु बोलाएर आफैले सिकाए । हजारौमा खेल्ने भाइहरु अहिले यो काम सिकेपछि लाखौंमा खेल्ने समेत भए ।’

खानाका पारखीलाई चादीँको थालामा चादीँको चम्चाले खाना खुवाउने सोँच रहेको उनको भनाइ छ ।

राजपरिवारमा सुन चादीँँको थालमै खाना खान्छन भन्ने कुरालाई पोखरामा दिन चाहेको र त्यो पनि व्यवस्था गर्ने उनले सुनाए ।

लाउन्ज बारमा विभिन्न खानाका परिकारका साथै रातको समयमा सांगीतिक कार्यक्रम समेत हुनेछ । लाउन्ज बारमा लेकसाइडका अन्य होटल, रेष्टुरेन्ट तथा लाउन्ज बारकै अनुसारको मुल्य रहेको समेत उनले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->