बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

‘प्रेममा खटपट भएपछि’ युवाले पेट्रोल छर्केर आफैँमाथि लगाए आगो

‘प्रेममा खटपट भएपछि’ युवाले पेट्रोल छर्केर आफैँमाथि लगाए आगो


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०७९, बिहिबार

काठमाडौं / सुन्धारास्थित सिभिल मलको भुईं तलामा एक युवाले आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाएका छन् । काठमाडौं महानगरपालिका-१६ मा बस्दै आएका २९ वर्षीय विशान गुरुङले आफै आगो लगाई आत्मदाहको प्रयास गरेका हुन् ।

प्रहरीका अनुसार उनले आफ्नो शरीरमा आफैँले पेट्रोल छर्की आगो लगाएका थिए । आगो स्थानीय र सिभिल मलका सुरक्षा गार्डले निभाएका थिए। आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएको घटनाको कारण प्रेम सम्बन्धमा आएको खटपट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

काठमाडौं प्रहरी परिसरका एक अधिकारीले भने, ‘प्रेम सम्बन्धकै कारण आगो लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनी घाइते अवस्थामा भएकाले अन्य कुरा अहिले खुल्न सकेको छैन ।’

घाइते गुरुङलाई उपचारका लागि सुरुमा राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि कीर्तिपुर अस्पतालमा पठाइएको छ । उनको अनुहार र शरीरका विभिन्न भाग आगोले जलेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->