बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ: चित्रबहादुर केसी

सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ: चित्रबहादुर केसी


  • ढोरपाटन संवाददाता
  • माघ ७ २०७९, शनिबार

काठमाडौं / राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले अहिले कम्फर्टेबल राष्ट्रपति बनाउन राजनीतिक दलहरूले दौडधुप गरिरहेको टिप्पणी गरेका छन्।

शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। ‘अबको राजनीतिक पार्टीभित्रको लडाईं राष्ट्रपतिको छ। सबैलाई कम्फर्टेबल राष्ट्रपति र सभामुख चाहिएको छ। राष्ट्रपति र सभामुखले दुधको दुध पानीको पानी अनुसार चलाउन सक्छ,’ केसीले भने।

संसदीय व्यवस्थाको बखान गर्नेहरुले नै प्रणाली नमान्ने भएपछि समस्या भएको केसीको भनाई छ। ‘हामी संसदीय व्यवस्थाको बखान गर्न नथाक्ने तर त्यसको प्रणालीलाई नमानने भएपछि हामीले संसद राम्रोसँग चलाउन सक्दैनौं,’ उनले भने।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->