बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

गण्डकीमा मन्त्रालयको संख्या ७ मा झार्ने सहमति

गण्डकीमा मन्त्रालयको संख्या ७ मा झार्ने सहमति


  • ढोरपाटन संवाददाता
  • माघ ८ २०७९, आइतबार

पोखरा / गण्डकी प्रदेशको मन्त्रालय घटाएर ७ मा झारिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीले आइतबार साँझा सत्तारुढ दलका नेता तथा मन्त्रीहरुसँग छलफल गरेर मन्त्रालयको संख्या टुंगो लगाएका हुन् ।

मन्त्रालय घटाउने सहमतीसंगै मंगलवारसम्म मन्त्रिपरिषद विस्तारको तयारी पनि गरिएको छ । सोमवार विहान मन्त्रालयको भागबण्डा टुंगो लागेमा सोमवार नै मन्त्रिपरिषद विस्ता हुने सक्ने बताइएको छ ।

‘मन्त्रालयको संख्या ७ भन्दा धेरै नबढाउने लगभग सहमति भयो,’ गण्डकी प्रदेश सरकारकी प्रवक्ता तथा विनाविभागीय मन्त्री सीता सुन्दासले भनिन्, ‘भोलि बिहानसम्म मन्त्रालय भागबण्डा सकिन्छ । सकेसम्म भोलि नै मन्त्रिपरिषद बिस्तार हुन्छ ।’

हाल १२ वटा मन्त्रालय छ । सबै प्रदेशमा सुरूमा बढिमा ७ मन्त्रालय बनाइएको थियो । नेकपा विभाजनले सरकार नै धरापमा परेपछि तत्कालिन पृथ्वीसुब्बा गुरुङले मन्त्रालयको संख्या सुरूमा ८  बनाए, पछि ११ मन्त्रालयसम्म बनाउन उनले नै बाँडफाँड गरेका थिए ।

मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशमा झरेका अधिकारीले सुरूदेखि नै मन्त्रालयको संख्या घटाउने बताएका थिए । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदाको सुरुमा भएको आकारमा ७ मन्त्रालय बनाउन चाहेका थिए । तर  सत्ता साझेदार दल र एमालेभित्रै भागबण्डा मिलाउन मन्त्रालयको संख्या ९ बनाउन दबाब परेको थियो ।

अब एमालेले मुख्यमन्त्रीसहित ४ मन्त्रालय, माओवादीले २ मन्त्रालय र राप्रपाले १ मन्त्रालय पाउने सम्भावना छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->