मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गण्डकी हस्पिटलका सात दिन

गण्डकी हस्पिटलका सात दिन


  • माधव शर्मा
  • माघ ९ २०७९, सोमबार

पोखराको गण्डकी हस्पिटललाई गण्डकी स्वास्थ विज्ञान् प्रतिष्ठानका नामले पनि चिनिन्छ । यस क्षेत्रको धेरै रोजाइमा पर्ने हस्पिटलमा गण्डकीलाई मान्न सकिन्छ । संघीय संरचनामा ४ नम्बर प्रदेशकै नाम चलेको र पुरानो अस्पतालका रुपमा यस अस्पताललाई चिन्न सकिन्छ । यहाँ कास्की, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी लगायतका जिल्लाहरुबाट स्वास्थ्योपचारका लागि बिरामीहरु आउँछन् ।

वर्तमानको महंगी र प्राइभेट स्वास्थ संस्थाहरुको चरम लापरर्वाहीका कारण मानिसहरुको रोजाइ गण्डकी बनेको छ । गण्डकीमा सर्वसुलभ उपचार गराउन पाइन्छ भनेर दिनहुँ सयौंको संख्यामा बिरामीहरु त्यहाँ पुग्छन् । हस्पिटल उपचार र प्रविधिका हिसाबले प्राइभेट हस्पिटलभन्दा रत्तिभर कम छैन । उमेरले पाका वरिष्ठ चिकित्सकहरुले यहाँ बिरामीहरुलाई सेवा दिइरहेका हुन्छन् भने हस्पिटलकै मातहतमा चल्ने पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुले पुर्ण समय यस हस्पिटलमा आउने बिरामीहरुलाई दिन्छन् । बिरामीको रेखदेख र उपचारमा सहयोगी भुमिका खेल्ने डाक्टर र नर्सहरुको समुहले यस क्षेत्रका लाखौं बिरामीहरुको सफल उपचार गरिरहेका छन् । सरकारी हस्पिटलमा भरपर्दो उपचार हुँदैन भनेर बिरामीहरुका मानसपटलमा हाउगुजी देखाउने प्राइभेट हस्पिटलहरुलाई स्वास्थ बिमाको मापदण्डले नराम्रोसंग पछि पारेको छ । स्वास्थ बिमा र सर्वसुलभ उपचारका लागि दैनिक सर्वसाधारणको भिड लाग्ने यो हस्पिटलमा छोराको उपचारार्थ सात दिन बिताएको तितो यथार्थ मसंग जिवित छ ।

बिरामीको रोग निको पर्न हरतरहले प्रयत्न गर्ने डाक्टर र नर्सहरुलाई म हृदयदेखि नै धन्यवाद दिन चाहान्छु । मेरो सात दिने हस्पिटल बसाइमा यहाँका सेवाप्रवाह, स्वास्थ्योपचार, कर्मचारीका कामकार्य, थिति व्यथिती अनि दैनिक जसोका बिरामिका लाइनलाई नजिकबाट नियाल्ने अवसर मिल्यो । हामी हस्पिटलको भुइँ तलामा रहेको बच्चा वार्डको एक्ष्ऋग् कक्षमा बसेका थियौं । समय समयमा आउने डाक्टर र नर्सहरुमा काममा पुर्णता अवस्य नै थियो किनकी हामी जुन उद्देश्य लिएर त्यहाँ पुगेका थियौं त्यो पूरा भएको थियो । पहिलो दिन त राती ११ बजेमात्र हस्पिटल पुगेका थियौं । रातको समय भएकाले होला औषधि उपचारमा सहज नै भयो । भोलिपल्टको दिनदेखि मेरा तिता र दुखदायी दिनहरु सुरु भए । स्वास्थ्य बिमाको कार्डको सहायताबाट छोरोको उपचार गराइरहेको म बिहान सबेरै उठेर औषधिको लाइनमा बस्थे । बिमाबाट पाइने औषधि लिएपछि अन्य औषधि लिन गेट नजिकै रहेको साझा बिक्री कक्षमा पुगेर औषधि किन्नु पथ्र्याे । र त्यहाँ पनि नभएका औषधिहरु बाहिरका मेडिकलबाट लिनुपथ्र्याे । यसरी औषधि लिएर बेडसम्म आइपुग्दा १/२ घण्टा बितिसकेको हुन्थ्यो । दस बजे डाक्टरको राउन्ड सुरु भएपछि हामी भित्र रहेका एक बिरामी एक कुरुवाबाहेक अरु बाहिर धपाइन्थ्यो ।

अघिपछी जे जसरी मानिसको आवतजावत र भिडभाडलाई स्वतन्त्रता दिए पनि डाक्टर आउने बेलामा कर्मचारी निक्कै सजग बन्दा रहेछन् । डाक्टरहरु आए तपाईहरु बहिर जानुस् भनेर हंगामा गर्ने कर्मचारीले बाहिर टाँसिएको सूचना अनुरुप काम गर्ने भए कति राम्रो हुन्थ्यो होला । डाक्टरले आफ्नो चेक जाँच सकेपछि बिरामिका लागि औषधिहरु लेख्दिन्थ्ये र हामीलाई ती औषधि लिन पठाइन्थ्यो । भर्नै भएका बिरामीमध्ये म अगाडि औषधि लिन जान्थ्ये तर पनि २०/२५ जनाको पछाडि पर्थे । बाहिर बिमाका भर्ना बिरामीले औषधि लिने काउन्टर छुट्टै थियो तर औषधि दिने र बिल काट्ने व्यक्ति एउटै हुन्थ्ये । अनि लाइनमा बसेर औषधि लिँदा दिन राम्ररी बित्थ्यो । अझै ओपिडीका बिरामीको कुरा गर्दा दिनमै ७/१० ओटा लाइन बसेर उपचार गराइरहेका हुन्थे ।

बिरामी भएर हस्पिटल गएका मान्छे सबैभन्दा पहिले टोकनको लाइनमा बस्थे । त्यसपछि नाम दर्ताको लाइन अनि डाक्टरलाई भेट्ने लाइनमा बस्थे । डाक्टर भेटेलगत्तै रगत परिक्षणको लाइन सुरु हुन्थ्यो । अहिले प्रायः नेपालको उपचार पद्धतिमा रगतको रिपोर्ट अनिवार्य नै छ । प्रायः बिरामीको ह–चबथ, खष्मभय ह–चबथ गर्नुपर्ने हुन्छ नै यसरी प्रयोगशाला र ह्(चभथ कक्षको लाइन सकेर चेकजाँचको रिपोर्ट हातमा लिएपछि पुनः डाक्टरको भेटका लागि लाइन बस्नु अनिवार्य थियो । बल्लतल्ल रिपोर्ट बुझाएर रोगको पत्ता लागेपछि डाक्टरले लेख्दिएको औषधि लिनलाई फेरि फार्मेसीको लाइनमा नबसी औषधि पाइदैनथ्यो । हस्पिटलले एउटा अत्याधुनिक सिस्टमको विकास गरेको रहेछ ।

जुन सिस्टमले औषधिको नाम लेखेको कागज दिएपछी एउटा अंकैअंकले भरिएको टोकन दिइन्थ्यो र भनिन्थ्यो तपाइँको नम्बर बोलाउछौं । अहिले उता औषधि लिने लाइनमा बस्नुहोस् । बिरामी र बिरामीका आफन्तले खचाखच हस्पिटलमा खुट्टो टेकाउने ठाउँ खोज्न बाहिर चौरमा जानुपर्छ । माइकमा पढेको नम्बर सुनेर बिरामी औषधि लिन जानुपथ्र्याे, जब औषधि हात पर्छ तब बिमाका बिरामीहरु आफ्नो बिमाको कार्ड लिन पुनः लाइनमा बस्थे । र घण्टौको प्रतीक्षा पछि बहुमुल्य वस्तु भेटे झै कार्डलाई सुम्सुम्याउथ्ये । यसरी पश्चिमाञ्चलकै भनौं या ४ नम्बर प्रदेशकै ठूलो अस्पतालमा एउटै बिरामीले यति धेरै लाइन लगाएर सर्वसुलभ उपचारका नाममा लिएको सेवा डरलाग्दो बनेको थियो । यसरी घरमा उठ्न नसक्ने बिरामीहरु बढो अनुशासित र संघर्षशिल भएर लाइनमा बसेका बिरामी हेर्दै मेरा पहिलो र दोस्रो दिन बिते ।

दैनिक सयौं बिरामीले भरिने हस्पिटलमा व्यवस्थापकीय पक्षको कमजोरी अवस्य छ । दिनहुँजसोका लाइन, हुलदंगा, कोलाहल, फोहोर मैला, शौचालय र ढलको दुर्गन्धले बिरामी झनै सिकिस्त बन्छन् जस्तो आवास हुने । डाक्टर र नर्सहरुलाई प्राइभेट शौचालयको व्यवस्था गरेको हस्पिटलले सफाइकर्मीहरुको उचित व्यवस्थापन गर्न नसक्दा हस्पिटल रोग निको पार्नभन्दा नयाँ र जटिल रोगको उत्पत्ति स्थल बन्ने शंका उठ्छ । पुराना भवनहरुका संरचनाको मर्मत गर्न नसक्दा बिरामीहरुलाई झनै असहज बनेको स्पष्ट देख्न सकिन्छ । भने, नयाँ बनेको भवनमा समेत पुरानै शैलीमा फोहोर र दुर्गन्ध बढ्दो छ । अहिले जाडोको मौसममा यस्तो अस्वाभाविक अवस्था सिर्जना भएको छ भने गर्मी मौसममा यहाँका डाक्टरले कसरी सेवा दिन्छन् र बिरामी कसरी निको हुन्छन् ? रातभर भुस्याहा कुकुरहरु भुकेर बिरामीलाई राम्ररी निदाउन समेत दिदैनन् बाहिर हिंडिरहेका मानिस र बालबालिकालाई नराम्रोसंग तर्साउँछन् । के हस्पिटलमा भुस्याहा कुकुरहरूको आवस्यकता छ ? किन गेटमा सुरक्षा गार्डको व्यवस्था नगरिएको ? कि नेपाल सरकारले सरकारी हस्पिटलमा गार्ड नियुक्त गर्न सक्दैन ? यी प्रश्नहरु अस्पताल प्रशासनलाई । भित्र विभिन्न किसिमका परिकार बनाएर बेच्ने हस्पिटल परिसरको क्याण्टिनको शौचालय कुनै फिल्म हलको शौचालयभन्दा कम छैन । मेरो हस्पिटल बसाइको तेस्रो दिन सार्वजनिक बिदा परेकाले अल्लि सहजताको अनुभव गरेको थिए । हस्पिटल परिसरमा कहि महिनौं त कहिँ वर्षौ नउठाइएका पुराना सामाग्रीहरुमा सेवाग्राहीहरुले फ्याकेका सुर्ती चुरोट र अन्य फोहोरहरु यत्रतत्र सर्वत्र पाइन्छन् नै क्यान्टिन नजिकै रहेका नालीहरु फुटेका र नयाँ बनेका नालीहरुमा फोहोरमैला त्यस्तै छ ।

हस्पिटलमा बस्न थालेपछि मैले दिन र रातको पत्तै पाउन सकेको थिइन । किनकी चौबीसै घन्टा उज्यालो, मानिसहरुको चहलपहल, आउने जाने बिरामी भेट्ने मानिसको लाइनभित्र म पनि कहिले औषधि, कहिले रिपोर्ट त कहिले पानी, खाना, चिया र अन्य बस्तुहरुको खोजतलासमै व्यस्त हुन्थे । मैले गण्डकी हस्पिटलको बसाइलाई चौथो दिनमा परिवर्तन गरिसक्दा निकै शान्त वातावरणको अनुभव गरिरहेको थिए । किन रहेछ भनेर यसो बुझ्दा शनिबारको आगमनसंगै इएम् सेवा बन्द रहेछ डाक्टरहरु बिदामा रहेछन् । वार्डमा नर्सहरुको आगमन भएन । उनीहरु कर्तव्यनिष्ठ भएर काम गर्थे ।

मैले देखे अनुभव गरे र लेखे हस्पिटलभित्र शौचालयको दुर्गन्धले रडाको मच्चाइरहेका बेला निकै नरमाइलो लाग्थ्यो । सरकार र सरकारीतन्त्रप्रति तिव्र आक्रोश पैदा हुन्थ्यो । के प्राइभेट हस्पिटलमा यस्तै हुन्छ ? के हामी कहाँ पुषमा पनि लामखुट्टेले टोक्छन ? के बिरामी थप बिरामी हुने आशाले हस्पिटल जान्छ ? के बिरामीलाई लाइनमा उभ्याउनु नै स्वास्थ बिमा र सरकारी हस्पिटलको लक्ष्य हो ? के सबै हस्पिटलमा भुस्याहा कुकुरहरुको हुन्छन् ? जस्ता प्रश्नहरु मनमा उब्जिरहे तर कस्लाई भन्नू यो व्यथिती हटाइदिनुस् भनेर को संग कराउनु आखिर सरकारीलाई सरकारी नै बनायौ व्यक्ती सेवाको लागि बनाएनौं व्यक्तिका लागि त व्यक्तिगत भनौं प्राइभेट नै ठिक होला । डाक्टरहरुलाई उपयुक्त वातावरणमा उपचार गर्न दिएमा अवश्य पनि बिरामी निको हुन्छन् । यहाँ जति पनि भन्नुछ अस्पताल प्रशासन, प्रदेश सरकार, स्वास्थ मन्त्रालय र नेपाल सरकारलाई भन्नुछ । डाक्टर र नर्सहरु त बिचरा नुनको सोझो गर्नै पर्यो । जेनतेन दुर्गन्धै भए पनि उपचारमा खट्नै पर्यो बिचरा ! बसाइको अर्कोदिन पनि बिदा भएकाले हस्पिटल शान्त थियो ।

मानिसहरूको आवतजावत मन्द थियो । बाहिर मौसम धुम्मिएर घाम लाग्न नसकेकाले होला वायुको गति पनि सिमित मात्रामा चलेको थियो । जस्ले गर्दा शौचालय र त्यसभन्दा पछाडीको फोहोरको थुप्रोबाट आउने दुर्गन्ध हामीलाई मात्र भएको थियो । हावा नचलेकाले अन्तको दुर्गन्ध थपिने अवस्था थिएन । हामी वार्डमै बसिरहेका थियौं साँझपख हाम्रै गाउँका एकजना बुबा टुप्लुक्क मेरो सामु आउनुभो, नमस्कार गरेर केही समय दोहोरो कुराकानी भएपछि थाहा पाएँ । गाउँकै एकजना बुबाले दाउरा काट्ने सिलसिलामा आफ्नै हातको बुढी औंलामा चोट लागेछ र हस्पिटल आउनु भएको रहेछ । औंलाको चोट ठूलो र पुरै हड्डी भाँचिएकाले अप्रेसन गर्नुपर्ने जानकारी डाक्टरले दिएछन् तर आज अन्य डाक्टरहरु बिदामा छन् भन्दै आफ्नो काममा लागेछन् ।

बागलुङदेखि पोखरासम्म रगतको धारा लगाउँदै पुग्नुभएको उहाँ असह्य पीडा सहेर बेडमा पल्टिरहनुभएको थियो । राती १० बजेसम्म डाक्टरको पर्खाइमा रहनुभएको उहाँले अप्रेसनको आशा मारेर क्यान्टिनमा खाना खानुभएछ । बुढी औंलाको तागत बराबर अरु चार औंला हुन्छन् भन्छन् । विचरा उहाँले त्यही शक्तिशाली औंलाको पिरमा रात काट्न विवश हुनुहुन्थ्यो । भोलीपल्ट सबेरै एक नर्सले दस बजेपछि अप्रेशन हुन्छ । केही नखानु भन्ने निर्देशन दिइछन् तर दस बजे डाक्टर आएर तपाइको भन्दा जटिल र इमर्जेन्सी अप्रेशन गर्नुपर्यो पर्खिनु होला भन्दै बाटो लागेछन् । बेलुकी सात बज्दा नबज्दै हस्पिटल पुगेको करिब ३० घण्टापछि मात्र उहाँको अप्रेसन भएछ । अब सम्झिनुस् के उपचार र मलमपट्टिलाई जनताले सरकारी हस्पिटल हेर्नुहुदैन ? रगतको धारो लाग्दा समेत दुखाइ कम हुने औषधिको सहायता लिनुस् भनेर प्राइभेटका डाक्टर बस्छन् ? के अस्पताल प्रशासनले सबै गतिविधिमा समर्थन गर्छ ? के त्यहाँका कर्मचारीका आफन्तहरु हामी जसरी दिनमै १०÷१५ वटा लाइनमा बस्न भ्याउँछन् ? के अन्यत्रका हस्पिटलमा जत्ती मानिसहरूको भिडभाड हुन्छ त्यत्तिनै ढिलासुस्तीमा औषधि वितरण गरिन्छ ? यी र यस्ता प्रश्न सोध्ने निकाय नेपालमा छैन ?

प्रदेशको राजधानीमा रहेको तीन प्रकारका सरकारले नियालीरहेको हस्पिटलको अवस्था यस्तै हुन्छ ? अन्तमा हस्पिटलमा सफल र कर्तव्यनिष्ठ नेतृत्वको अभाव अवस्य छ । हस्पिटल सन्चालन कार्यविधी र कुचिकारदेखि निर्देशकसम्मका मानिसलाई बाध्ने शक्तिशाली नियमको निर्माण गरेर लागू गर्न सकेमा सम्भवतः बिरामीको सफल उपचार सम्भव हुने थियो । यसरी हस्पिटल बसाइका छैटौ र सातौ दिनलाई समेत नमिठो इतिहासमा बिताउन बाध्य भएको म हस्पिटलको स्थिती जस्तोसुकै भए पनि डाक्टर र नर्सहरुको कामबाट बिरामीले जीवन पाउने कुरामा विश्वस्त छु ।
यस हस्पिटलमा फोहोर मैला व्यवस्थापन गरेर सरसफाइमा ध्यान दिनु आवश्यक देखिन्छ । मानिसहरूको भिडभाड अन्त्य गरि सुविधासम्पन्न वातावरणमा उपचार प्रदान गर्न थप कर्मचारीको नियुक्ति र कर्मचारीहरुलाई कर्तव्यपरायण बनाउन जरुरी छ । त्यसैगरी यथाशीघ्र अनियन्त्रित रुपमा छोडिएका भुस्याहा कुकुरहरूको नियन्त्रण एवं हस्पिटल प्रवेशमा रोक लगाउनु पर्ने देखिन्छ भने सार्वजनिक बिदाका नाममा रोकिँदै आएको उपचार पद्धति संचालनमा ल्याउन आवस्यक पहल गर्नुपर्छ । यस्का लागि निश्चित रोगका निम्ति निश्चित डाक्टरहरुलाई थप सेवासुविधा उपलब्ध गराएमा जनताले राहत अवश्य पाउनेछन् भन्दै मेरा गण्डकीका सात दिनलाई जीवन्त बनाउने बाचा गर्दछु । धन्यवाद ।।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->