बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

गण्डकीका मुख्यमन्त्री अधिकारी र प्रधानमन्त्री प्रचण्डविच भेटवार्ता

गण्डकीका मुख्यमन्त्री अधिकारी र प्रधानमन्त्री प्रचण्डविच भेटवार्ता

गण्डकीको मन्त्रालय भागबण्डा र मन्त्रिपरिषद विस्तार वारेमा छलफल


  • ढोरपाटन संवाददाता
  • माघ १० २०७९, मंगलबार

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

गण्डकीमा मन्त्रालयको संख्या घटाएर मुख्यमन्त्री अधिकारी मन्त्रालयको भागबण्डाको लागि शिर्ष नेताको सल्लाह लिन सोमवार राजधानी गएका थिए । भेटवार्तामा प्रदेशको मन्त्रालय र मन्त्रीको जिम्मेवारीका समबन्धमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

मुख्यमन्त्री अधिकारीले नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीसँग भने सोमबार साँझ नै भेटघाट गरेका हुन् । दुवै नेतालाई भेट गरीसकेकाले मुख्यमन्त्री अधिकारी आजै पोखरा फर्किने छन् । राजधानीबाट फर्केपछि मुख्यमन्त्री अधिकारीले गण्डकीको मन्त्रिपरिषद् विस्तार गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->