बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय

प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय


  • ढोरपाटन संवाददाता
  • माघ ११ २०७९, बुधबार

काठमाडौं / सरकारले संसद भवन अगाडि आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले यसबारे छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ । मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सवारी भइरहेकै बेला मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए ।

उनलाई प्रहरीले उपचारका लागि कीर्तिपुरको बर्न सेन्टरमा लगेको थियो । तर उनको उपचारका क्रममा आज बिहान ५ बजे निधन भएको थियो ।

उनले आत्मदाह गर्नुअघि करिब ६ हजार शब्द लामो फेसबुक स्टाटस लेख्दै देशको स्थिति र आफूले भोग्नुपरेको सास्तीका विषयबारे उठान गर्दै विभिन्न बुँदाहरुमा सरकारलाई सुझाव दिएका थिए ।

आज बिहान गृहमन्त्री रवि लामिछाने कीर्तिपुर अस्पतालमा आचार्यका परिवारसँग भेट गर्दै प्रेमले उठाएका विषयमा सरकारले छानबिन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->