पोखरा / पोखरामा जारी टाइगर कप भलिबल च्याम्पियनसिपमा एपिएफ क्लबले आफ्नो जितको यात्रालाई निरन्तरता दिदैँ सेमिफाइनलमा प्रवेश गरेको छ ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशाला स्थित भलिबल कोर्टमा भएको खेलको लिग चरणमा चार खेलमा जित निकाल्दै एपिएफ तालिकाको शीर्षस्थानमा रह्यो ।
उपाधिको दाबेदार देखिएको एपिएफले आफ्नो लिगचरणको अन्तिम खेलमा पाहुना टोली श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै जितको यात्रामा लिग चरण सकाएको हो ।
एपिएफले २५–२३, २५–२३ र २५–२३ ले नै हरायो । जितसंगै एपिएफको चार खेलबाट १२ अंक रहेको छ ।
तिन खेल खेलेको श्रीलकंली टोलीको एक अंक छ । तिन खेलबाट गण्डकीको पाँच अंक रहदाँ समान खेल खेलेको आर्मीको चार अंक रहेको छ । पुलिसको दुई अंक रहेको छ ।

(तस्विर: योगेन्द्र श्रेष्ठ )





