शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

गण्डकीले श्रीलंकन क्लबलाई हराउँदा पुलिस सेमिफाइनलमा

गण्डकीले श्रीलंकन क्लबलाई हराउँदा पुलिस सेमिफाइनलमा


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०७९, बिहिबार

पोखरा / पोखरामा जारी टाइगरकप भलिबल च्याम्पियनसिपमा घरेलु टोली गण्डकीले पाहुना टोली श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोट्र्सलाई हराउँदा पुलिस क्लब सेमिफाइलमा प्रवेश गरेको छ ।

पुरुष तर्फ आज भएको लिगचरणको अन्तिम दोस्रो खेलमा गण्डकीले श्रीलंकन क्लबलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलको यात्रा तय गर्दा नेपाल पुलिस क्लबलाई फाइदा भएको हो ।

गण्डकीले २६–२४, २५–१४ र २५–२३ ले हराएको हो । गण्डकीको चार खेलबाट ८ अंक सहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।

पाहुना टोली भने जित विहिन रहँदै एक अंकका साथ बाहिरिएको छ ।

लिगचरणको अन्तिम खेलमा पुलिसले अबको केहि समयमा आर्मीको सामना गर्दैछ ।

आर्मीको ३ खेलबाट चार अंक रहेको छ भने पुलिसको तिन खेलबाट २ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->