शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मन्त्री जुग्जालीलाई गृहजिल्लामा भव्य स्वागत

मन्त्री जुग्जालीलाई गृहजिल्लामा भव्य स्वागत

पर्यटनमार्फत् समृद्धिको ढोका खोल्ने प्रतिवद्धता ।


  • ढोरपाटन संवाददाता
  • माघ १४ २०७९, शनिबार

म्याग्दी / गण्डकी प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जाली (सुविन)लाई गृहजिल्ला म्याग्दीमा स्वागत तथा सम्मान गरिएको छ ।

नेकपा (माओवादी केन्द्र) म्याग्दीले नव नियुक्त मन्त्री जुग्जालीको स्वागत एवम् सम्मानमा शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री जुग्जालीले पर्यटनको विकासमार्फत् समृद्धिको ढोका खुल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘गण्डकी प्रदेश पर्यटनको हब बन्न सक्छ, अघिल्लो सरकारले समेत समृद्धिको पहिलो आधार पर्यटनलाई नै मानेको थियो, तर बजेट विनियोजनमा पर्यटन क्षेत्र ओझेलमा प¥यो, अहिले मैले नेतृत्व गरेको मन्त्रालयमा कुल बजेटको जम्मा ४ प्रतिशत मात्रै बजेट छ, अन्य क्षेत्र प्राथमिकतामा पर्दा, पर्यटन र उद्योगको क्षेत्र उपेक्षामा परेको छ, यसको सन्दर्भमा आगामी बजेट निर्माणको चरणमा घनिभूत छलफल हुन्छ’,मन्त्री जुग्जालीले भने ।

म्याग्दीमा धौलागिरि र अन्नपूर्ण चक्रीय पदमार्गसँगै अन्य आधा दर्जनबढी हिमालको आधार शिविर पुग्ने पदमार्गहरुमा पूर्वाधार निर्माण गरि अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसारको आवश्यकता रहेको बताउँदै मन्त्री जुग्जालीले गण्डकी प्रदेश सरकारले त्यसतर्फ उचित सम्बोधन गर्ने बताए ।

विकासमा स्थानीय तहका प्राथमिकता र आबश्यकतालाई ध्यान दिएर पूर्वाधारमा सडक र समृद्धिमा पर्यटनलाई जोड दिन सकेमा आम नागरिककले विकासको अनुभुति गर्ने र जिवनस्तर सुधारमा सघाउ पु¥याउने मन्त्री जुग्जालीको भनाइ थियो ।

कार्यक्रममा नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जुग्जालीलाई स्वागत एवम् सम्मान गरिएको थियो । शुक्रबार माहारानीथानस्थित पाटी कार्यालयमा पार्टीका नेता तथा कार्यकताहरुको उपस्थितमा नवनियुक्त मन्त्रीलाई सम्मान कार्यक्रम गरिएको हो । नवनियुक्त मन्त्री जुग्जालीलाई संविधान सभा सदस्य एवम् पाटीका जिल्ला ईन्चार्ज गोविन्द पौडेल, गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारी, गण्डकी प्रदेशका निवर्तमान सदस्य विनोद केसी, बेनी नगरकमिटी अध्यक्ष शेरबहादुर केसीलगायतका नेताहरुले फूलमालाले सम्मान एवम् बद्याई ज्ञापन ज्ञापन गरेका थिए ।

त्यस्तै जिल्ला इन्र्चाज गोविन्द पौडेलले राजनीतिज्ञसंग परामर्श लिएर जनताको काम गर्न नवनियुक्त मन्त्री जुग्जालीलाई आग्रह गरेका थिए । प्रदेशसभा सदस्य हरी भण्डारीले म्याग्दीको विकास र सुशासनका लागि प्रदेशका मुख्यमन्त्री, मन्त्री, जिल्लाका अग्रज नेता तथा कर्मचारीहरुसँग समन्वय तथा छलफल गरेर काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य विनोद केसी, एकीकृत अखिल नेपाल शिक्षक संगठन गण्डकी प्रदेश अध्यक्ष सोमनाथ ढुङ्गाना, पालिका इन्चार्ज, अध्यक्षलगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->