पोखरा / घरेलु टोली गण्डकी प्रदेश र विभागीय एपिएफ क्लब तेस्रो टाइगरकप भलिबलको च्याम्पियन बन्न सफल भएको छ । टाइगर गु्रप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशाला स्थित भलिबल कोर्टमा शनिबार भएको पुरुष तर्फको फाइनल खेलमा एपिएफ क्लबलाई ३-२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै च्याम्पियन बन्न सफल भएको हो ।
घरेलु टोली गण्डकी दोस्रो पटक च्याम्पियन समेत बनेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो सेटमा २५–१६ को फराकिलो अन्तरले हार व्यहोरेको गण्डकी दोस्रो सेटमा खेलमा फर्कियो । दोस्रो सेटमा गण्डकीले २५-१८ को जित निकाल्यो । तेस्रो सेट समेत २५–१८ ले आफ्नो पक्षमा पारेको गण्डकीले चौथो सेटमा समेत निकै दबाब सिर्जना गरेपनि एपिएफका खेलाडी र दर्शकबीच केहि समय विदाद चल्यो ।
गण्डकीले १७-१३ को स्थिति बनाएको अवस्थामा अचानक एपिएफका खेलाडी दर्शकमाथि खनिएपछि बोतल प्रहार भएको थियो । एपिएफले पनि त्यसको प्रतिकार गर्दै बोतल र नम्बर प्लेटले दर्शकलाई प्रहार गरेका थिए । सुरक्षाकर्मीको बाक्लो उपस्थिति पछि विवाद साम्यपारी पुनः संचालन गरिएको थियो । उक्त सेट एपिएफले २७-२५ ले आफ्नो पक्षमा पा¥यो ।
निर्णायक पाँचौ सेटमा गण्डकीले १५-८ ले आफ्नो पक्षमा पार्दै दोस्रो पटक च्याम्पियन बन्न सफल भयो । उपाधिसंगै गण्डकीले नगद पाँच लाख रुपैयाँ हात पारेको छ । गण्डकी पहिलो संस्करणको विजेता समेत हो । पहिलो संस्करणमा आर्मीलाई फाइनलमा ३–२ कै सेटमा हराउँदै च्याम्पियन बन्न सफल भएको थियो ।
उप विजेता एपिएफले दुई लाख ५० हजार रुपैयाँ प्राप्त ग¥यो । जारी प्रतियोगितामा एपिएफको फाइनल हार नै पहिलो हार हो । यस अघि लिगचरणमा एपिएफले कुनैपनि हार व्यहोरेको थिएन । लिगचरणको खेलमा गण्डकीमाथि ३–१ को जित निकालेको थियो । एपिएफले सेमिफाइनलमा पुलिस क्लबलाई ३-० को सोझो सेटमा पाखा लगाउँदै फाइनल प्रवेश गरेको थियो ।
यस्तै महिला तर्फ भने एपिएफले उपाधि रक्षा गर्न सफल भएको छ । शनिबारै सम्पन्न महिला तर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराउँदै दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो । पहिलो सेट २५-२० को जित निकालेको एपिएफले दोस्रो सेट २२-२५ ले गुृमायो । तेस्रो र चौथो सेट २५-८ र २५-२२ ले आर्मीलाई हराउँदै च्याम्पियन बनेको हो । एपिएफले पनि नगद पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । आर्मीले दुई लाख ५० हजार रुपैयाँ प्राप्त ग¥यो ।

महिला तर्फ न्यु डायमण्डले तेस्रो स्थान हासिल ग¥यो । पुरुष तर्फ पुलिसले तेस्रो स्थान हासिल ग¥यो । उनीहरुले समान एक लाख २५ हजार रुपैयाँ प्राप्त गरे । महिला तर्फ गण्डकी र पुरुष तर्फ आर्मी सान्त्वना हुँदै समान ६५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा पुरुष तर्फ पाँच तथा महिला तर्फ चार टिमको सहभागिता रहेको थियो ।
सर्वोत्कृष्ट खेलाडी रवि र सरस्वती घोषित
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरुष तर्फ गण्डकीका रवि केसी र महिला तर्फ एपिएफकी सरस्वती चौधरी घोषित भएका छन् । टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका दुबैले समान २५÷२५ हजार रुपैयाँको साथमा ट्रफि हात पारे ।

यस्तै महिला तर्फ उत्कृष्ट सेटर न्यु डायमण्डकी प्रगति नाथ, उत्कृष्ट ब्लकर आर्मीकी संगम महतो, उत्कृष्ट सर्भर गण्डकीकी अरुणा शाही, उत्कृष्ट लिब्रो आर्मीकी सरस्वती जैशी, उत्कृष्ट स्पाइकर एपिएफकी निरुता ठगुना र उत्कृष्ट प्रशिक्षक एपिएफका महेश चौधरी घोषित भए ।
पुरुष तर्फ उत्कृष्ट सेटर गण्डकीका दिवश आले, उत्कृष्ट लिब्रो एपिएफका विनोद चन्द, उत्कृष्ट सर्भर गण्डकीका घनश्याम चौधरी, उत्कृष्ट स्पाइकर एपिएफका टेकराज अवस्थि, उत्कृष्ट ब्लकर गण्डकीका भारतिय खेलाडी नितिन र उत्कृष्ट प्रशिक्षक गण्डकीका रमेश केसी घोषित भए । विद्यागत उत्कृष्ट सबैले समान १०/१० हजार रुपैयाँको साथमा ट्रफि हात पारे ।
निकै प्रतिस्पर्धात्मक चौथो सेट एपीएफले २८-२६ ले जित्यो । तर, खेलमा खेलाडीले सुखद अनुभव भने लिन पाएनन् । खेल लगातार बराबरी अंकमा अघि बढ्न थालेपछि गण्डकी समर्थक दर्शक उत्तेजित बने ।
प्रतिस्पर्धात्मक खेलमा खेलाडी र दर्शक दुवैले संयमता गुमाउन पुग्दा एपीएफ र गण्डकी समर्थक दर्शकबीच आपसमा बोत्तल हानाहानको स्थितिसमेत बनेको थियो ।
तनावग्रस्त स्थिति नियन्त्रणमा लिन आयोजकलाई हम्मेहम्मे परेको थियो भने केहीबेर खेल रोकिन पुगेको थियो । प्याराफिटभरि करिब ३ हजारको संख्यामा रहेका दर्शकको हुटिङसँगै गण्डकीले उपाधि हात पार्यो ।





