बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

मृगौला पिडीतको सहयोगका लागि अपिल

मृगौला पिडीतको सहयोगका लागि अपिल


  • ढोरपाटन संवाददाता
  • माघ १७ २०७९, मंगलबार

बागलुङ/ दुवै मृगौलाले काम गर्न छोडेपछि वीर अस्पताल काठमाडौंमा भर्ना भएका गोविन्द लामिछानेको परिवारले उपचार खर्च सहयोगका लागि अपिल गरेको छ । पर्वतको कुश्मा नगरपालिका–१० घर भएका लामिछानेको परिवारले उपचारखर्च अभाव भएको भन्दै सहयोगका लागि अपिल गरेको हो ।

मृगौलाको प्रत्यारोपण गर्दा ठ्रूलो धनराशी खर्चहुने भएकाले उनको परिवारले उपचार खर्च जुटाउन नसकेको हो । मध्यम परिवारका लामिछानेले मृगौलाले काम गर्न छोडेको पत्ता लगाउनमै धेरै खर्च भएको जनाएको छ । परिवारकै एक सदस्यले उनका लागि मृगौला दान गर्न तयार रहेको भएपनि खर्च अभावमा उनको मृगौला प्रत्यारोपण गर्न नसकिएको उनका आफन्त काशीराम पौडेलले बताए ।

लामिछानेको परिवार, दाजुभाई तथा आफन्तले ‘गोविन्द लामिछाने बचाऔं अभियान’ सञ्चालन गरेर सहयोगका लागि सर्वसाधारणलाई अपिल गरेका हुन् । ‘सबैको स–सानो सहयोग मिल्यो भने, उहाँको उपचार सम्भव छ’, पौडेलले भने ‘परिवार र आफन्तले मात्रै मृगौला प्रत्यारोपण गर्दा लाग्ने खर्च जुटाउन कठीन भएकाले सहयोगका लागि अपिल गरेका हौं ।’

कलिलो उमेरमानै दुवै मृगौलाले काम गर्न छोडेपछि लामिछाने वीर अस्पतालको बेडमा छटपटाइरहेका छन् । दैनिक डाइलासिस गरेर अस्पतालमा राखिएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->