बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

पौवेगौंडे समाजद्वारा मन्त्री गुरुङलाई सम्मान

पौवेगौंडे समाजद्वारा मन्त्री गुरुङलाई सम्मान


  • ढोरपाटन संवाददाता
  • माघ १८ २०७९, बुधबार

पोखरा/ पोखरामा क्रियाशील पौवेगांैडे समाज पोखराले सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङलाई मंगलबार सम्मान गरेको छ । स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं ५ स्थित पौवैगौंडे जन्मेका गुरुङ समाजको आजीवन सदस्य हुन् । मन्त्रालयमा भएको सम्मान, बधाई तथा शुभकामना प्रदान कार्यक्रममा मन्त्री गुरुङलाई सम्मानपत्र, दोसल्ला र खादाले सम्मान गरिएको समाजका संरक्षक क्याप्टेन पुर्णबहादुर गुरुङले जानकारी दिए ।

समाजका अध्यक्ष विष्णुप्रसाद रेग्मीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो । करिव २ सय ५० जना सदस्य रहेको समाजले विद्यालयमा भौतिक सामग्री प्रदान, नमुना विकासका गुरुयोजना, महिला विकास तालिम तथा स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको कार्यक्रम सञ्चालक समाजका सचिव दीपेन्द्रबहादुर आलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->