बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

सराङ्कोट बालसुधार केन्द्रबाट बालक फरार

सराङ्कोट बालसुधार केन्द्रबाट बालक फरार


  • ढोरपाटन संवाददाता
  • माघ १८ २०७९, बुधबार

पोखरा/ चोरीको आरोप पुष्टिभएपछि पोखराको सराङ्कोट बालसुधार केन्द्रमा रहेका एक बालक फरार भएका छन् । बागलुङमा मोबाइल चोरी गरेको आरोप पुष्टि भएपछि उनलाई पोखरामा रहेको बालसुधार केन्द्रमा राखिएको थियो । गत राती बालक बालसुधार केन्द्रबाट फरार भएका हुन् ।

गत भदौमा बागलुङमा मोबाइल चोरीको आरोपमा पक्राउ गरी उनलाई त्यहाँ राखिएको थियो ।

उनी बालक भएकै कारण बाल सुधार केन्द्र राखिएको हो । उनको अहिले खोजी कार्य चलिरहेको वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज भण्डारीले बताए । ‘हिजोबाट फरार भएका हुन । खोजतलास जारी छ ।’ उनले भने ।

उनलाई अहिले प्रहरीले जंगलमा खोजी रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->