म्याग्दी/अल्पसंख्यक छन्त्याल समुदायको उत्पत्ति,इतिहासको खोजी तथा भाषा,संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापनको सातौ वर्षमा छन्त्याल सर्वमान्य फाउण्डेशनले १ करोडको कोष स्थापना गरेको छ । नेपाल छन्त्याल संघको केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित छन्त्याल जातिका संस्थापक अध्यक्ष तथा सर्वमान्य स्व.दिलबहादुर घरब्जाको नवौ स्मृति दिवसको अवसरमा कोषलाई सहयोग गर्ने स्वदेश तथा विदेशमा रहेका छन्त्यालहरुलाई कदरपत्र प्रदान गरी सम्मान गरियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी तथा जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले अल्पसंख्य छन्त्याल जातिले इतिहास र भाषा संरक्षणको लागि ठूलो राशीको कोष स्थापना उपलब्धीमुलक भएको बताए । उनले सबै जातिले आर्थिक समृद्धि संगै भाषाको संरक्षण र सम्र्वद्ध आवश्यकता रहेको बताए । नेपाल छन्त्याल संघ र फाउण्डेशनको संयुक्त रुपमा आयोजित सो कार्यक्रमको अध्यक्षता गर्नु भएका संघका अध्यक्ष मनमोहन बुढाथोकी छन्त्यालले नेपाल छन्त्याल संघले स्थापनाकालदेखि नेपाल आदिवासी जनजाति महासंघको योगदानको चर्चा गरिएको थियो ।
कार्यक्रममा फाउण्डेशनका अध्यक्ष शिवप्रसाद घरब्जा छन्त्यालले कोषलाई स्वदेश लगायत बेलायत, अमेरिका, कोरिया, अष्ट्रेलिया तथा अन्य देशमा रहनु भएका ७९ जना छन्त्यालहरुले न्युनतम ११ हजार देखि २० लाखसम्म आर्थिक सहयोग प्रदान गरेको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थालाई अतुलनिय योगदान पु¥याउनु हुने संस्थाका पूर्वअध्यक्ष तथा संरक्षकहरु मनचिन घरब्जा छन्त्याल र चित्रबहादुर घरब्जा छन्त्याललाई नगद एक लाखसहित सम्मान पत्र प्रदान गरिएको छ । भाषण फाउण्डेशनका कोषाध्यक्ष तथा छन्त्याल महिला संघका अध्यक्ष थममाया भलञ्जा छन्त्यालले मन्तब्य ब्यक्त गरेको कार्यक्रमा सचिव दिपबहादुर भलञ्जा छन्त्यालले कोषमार्फत प्राप्त हुने ब्याजले छन्त्यालहरुको पूर्खा, प्राचीन समयका बारेमा र जातिको उत्पत्तिको तथ्यगत प्रमाण, अभिलेख, वंशावली र अन्य दस्तावेजहरुको खोजी गर्ने बताए ।
संचालन गरेको सो कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा संरक्षक इन्द्रजीत भलञ्जा छन्त्यालले सर्वमान्यले छन्त्याल जातिको लागि दिनु भएको योगदानको चर्चा गरेका थिए । स्व, दिलबहादुर घरब्जालाई छन्त्याल जातिको पहिचानको अभियानमा लाग्न प्रेरित गर्ने र यसका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुँने म्याग्दी जिल्ला ताकम स्थायी घरभई हाल अमेरिकामा रहनु भएका साहित्यकार होमनाथ सुवेदीलाई फाउण्डेशनले मानार्थ सदस्य प्रदान गरी सम्मान गर्ने घोषणा गरेको छ भने जगनारायण तथप्जा र सर्वमान्यका पारिवारिक प्रतिनिधि जगेन्द्र भलञ्जाले मन्तब्य राखेका थिए ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ अनुसार सूचिकृत ५९ वटा आदिवासी जनजातिहरुमध्ये छन्त्याल एक आदिवासी जनजाति हो । छन्त्याल जातिको उत्पत्ति र इतिहासको तथ्यगत प्रमाणहरु हालसम्म नपाइए तापनि वर्तमान समयमा मध्य पहाडी क्षेत्र अन्तर्गत धवलागिरी अंचलको म्याग्दी जिल्लाको उत्तर पश्चिमको कुइने, मंगलेखानी, गुर्जाखानी, मल्कवाङ्ग, पाखापानी, बरंजा, ताकम आदि र बागलुङ जिल्लाको तमान, खुंखानी, बोङ्गादोभान, अधिकारी चौर, बुर्तिवाङ्ग देविस्थान, दमेक, लेखानी, धम्जा, अमरभूमि आदि तथा गुल्मी जिल्लाको वामीटक्सारलगायत मानिन्छ ।





