हिन्दु धर्मावलम्बीहरुले पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म मनाउने व्रत श्रीस्वस्थानीको व्रत हो। आफू बसेको स्थानकी देवीका रूपमा पुजा गरिने यो व्रत र यस व्रतको कथा नेपालीमा भएकाले पनि लोकप्रिय भएको मानिन्छ। विशेष गरी महिलाहरूले धेरै महत्व राख्ने यस व्रत नेपाली समाजमा आफ्नो हृदय वा आत्मा सिद्ध अभ्यास गर्नुलाई बुझिएको पाइन्छ । आजको दिनमा महिना दिनदेखि कठोर साधनाका साथ बसिएको ब्रतको उद्यापन अर्थात् समाप्त गर्ने दिन हो। स्वस्थानी देवी र महादेवको पूजा आराधना गरिने यस व्रतको प्रभावले पारिवारिक सुख एवं मिलन, आयुआरोग्यताको वृद्धि, सन्तान सुख, शान्ति, समृद्धि प्राप्त हुने, रोग–व्याधीको भय नहुने, श्रीवृद्धि एवं मनोकामना सिद्ध हुने जनविश्वास रहेको छ।
पृथ्वीको प्रारब्ध कालीन समयमा भगवान विष्णुको सल्लाह मानेर हिमालय पुत्री पार्वतीले महादेव श्रीमानको रूपमा प्राप्त गरुँ भनी यो व्रत बसेकि थिइन् । जुन मनोकामना पुर्ण भएको लोकोक्ती हिन्दु समाजमा छ । स्कन्द पुराण अन्तर्गतका विभिन्न प्रसङ्गमा सर्वगुण सम्पन्न देवीलाई स्वस्थानी देवीका रुपमा वर्णन गरिएको पाइन्छ । श्रीस्वस्थानी माताको विधिपूर्वक व्रत पुजा गरेमा गोमा ब्राह्मणीका छोरा नवराजको जस्तै भाग्योदय हुने र पारिवारिक सुख प्राप्त हुने जनविश्वास रहेको छ। कलि युगमा अत्यधिक रुचाइनेछ भनेर वर्णन गरिएको यो व्रत हिउँदको फुर्सदिलो समयमा आरम्भ र अन्त्य हुने भएकाले पनि यो व्रत अत्यधिक चर्चामा छ।
वैदिक विधिविधान र सामाजिक मूल्य मान्यता अनुरुप गरिने यस व्रतले मुख्यतया मानिसका मनोकामना पुर्ण गर्ने धार्मिक विश्वास हिन्दु समाजमा रहिआएको छ । स्वस्थानी व्रत कथा र अन्य पुराणहरुमा पनि यस व्रतका प्रभावले गौरीशंकरको विवाह सम्भव भएको कुरा बताइन्छ । यस कारण धार्मिक पौराणिक र सामाजिक जनविश्वासका आधारमा यो व्रतकथा कलियुगमा प्रचलित हुँदै आएको छ । एक महिनासम्म
शुद्धतामा रहनु पर्ने स्वस्थानी व्रतमा आद्योपान्त विभिन्न नियमहरु पालन गर्नुपर्छ। धर्मले आफैमा सत्चरित्र निर्माण गर्नेमा महत्वपूर्ण भुमिका खेल्छ। यो संस्कारले पनि मानवीय जीवनमा सत्य, न्याय, कर्तव्य परायणता र परोपकारी भावनाको विकास गरि समतामूलक र सद्भावपुर्ण समाजको निर्माणमा सहयोग पुर्याउछ । भन्ने विश्वास रहिआएको छ ।
पौषशुक्ल पुर्णिामाका दिन शारीरिक शुद्धतालाई विशेष ख्याल गरि सुरु गरिएको यो व्रत माघशुक्ल पुर्णिामाका दिन उद्यापन गर्ने प्रचलन छ । हिन्दु समाजलाई युगौं युगसम्म व्यवहारिक र समय सापेक्षित बनाउन धर्मले विभिन्न नियमहरु निर्माण गरेको छ। जस्ले समाजमा सकारात्मक भुमिका खेल्छ । मानिसलाई यो गर्न हुन्छ यो गर्न हुँदैन भनी असल मार्ग देखाउने धर्मले कसैलाई पनि विभेदपुर्ण दृष्टिले हेर्दैन । बरु गरिब, असहाय र कमजोर अवस्थामा रहेका मानिसको भोक मेटाएमा पुण्य मिल्ने विश्वास समाजमा छोड्दछ। पृथ्वीमा भएका वा जन्मिएका प्राणीहरुलाई समानताको घेरामा बध्न, सामाजिक सद्भाव र मानवीय मुल्यको प्रत्याभूत गराउन विभिन्न समय र सन्दर्भमा मानिसले मानिसकै पुजा गर्न लगाएर समतामूलक समाज निर्माणको अभियान धर्मले थालनी गरेको हुन्छ। धारण गरेको खण्डमा धर्मले मानिसलाई सदाचारिताको पाठ सिकाउने कुरा विभिन्न पुराण तथा नीतिशास्त्रहरुमा पाइन्छ ।
मानिसहरू एक महिनासम्म सात्विक आहार गरेर शुद्धतामा रहनुपर्ने व्रत स्वस्थानीको व्रत हो। महिना दिनसम्म बिहान ब्रम्हा मुहुर्तमा उठेर स्नान, जप, तप, ध्यान गरि मध्यान्ह कालमा शिवको साथमा स्वस्थानी देवि९पार्वती०को पुजा आराधना गर्नु पर्दछ। भने सान्ध्या कालमा पुनस् पुजा, अर्चना सहित स्वस्थानी व्रतकथा श्रावण र भजन कृतन गर्ने प्रचलन रहिआएको छ। यो व्रत बस्नको लागि हात गोडाका नङ सहित दाह्री काटेर गङ्गा स्नान गरी शुद्ध वस्त्र धारण गरेर प्रारम्भ गरिन्छ। माघ महिनाको यस व्रतमा दिनहुँ जसो माघ स्नान गरी मध्याह्नकालमा देवादिदेव महादेव सहित स्वस्थानी देवि ९पार्वती०को पूजा गरिन्छ। शुद्दाशनमा शुद्ध तन, मन लिएर हृदयमा सद्भावनाको साथ स्वस्थानी व्रत कथा श्रवण गर्ने प्रचलन रहेको छ । आजको दिन देवभुमी नेपालका मठमन्दिर र विभिन्न शक्ति पिठहरुमा दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ। भने विभिन्न नदि किनारहरुमा स्वस्थानी देविलाई अर्पण गरिएका फुलपाती र प्रसाद समेत विसर्जन गर्ने प्रचलन रहेको छ।
सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्ने व्रतका रुपमा चिनिने स्वस्थानी व्रत कथाको सबैभन्दा धेरै चर्चा र महिमा प्रस्तुत गरिएको काठमाण्डौंको साँखुस्थित शाली नदि किनारमा व्रतको अबधिभर मेला लाग्ने गर्दछ । हिन्दु धर्मावलम्बीहरुले अत्यधिक श्रद्घा र विश्वासका भावहरु प्रकट गर्ने यो व्रत महिनाभर उत्साहका साथमा मनाइन्छ। विशेष गरेर महिलाहरूले महिमागान गाउने यो व्रत नेपालीहरुका बिचमा लोकप्रिय रहेको छ । श्रीमद्भागवत, सत्यनारायणको व्रत जस्तै कलि युगका लागि निक्कै फलदायी मानिएको यो व्रत वैज्ञानिक दृष्टिले पनि पुर्ण रहेको छ ।
व्रतमा कर्ताले पाञ्चभौतिक शरीर शुद्धीका लागि सात्विक भोजन गर्नुपर्ने हुन्छ । शारीरिक अवयबहरु स्थिरताका लागि नख छेदन, केश छेदन लगायत अन्य छेदन, मरणका कार्यहरू निषेध हुन्छन् । वाक शुद्धीलाई मुख्य महत्व दिइने हिन्दु संस्कृतिमा व्रत अवधिभर व्रतालुहरुले झैझगडा गर्न नहुने, दुर्वचन बोल्न नहुने, द्विषता, लोभ, मोह, क्रोध र आशक्ती त्याग्नुपर्ने, परोपकारी एवं पुण्यका कर्म गर्नुपर्ने, दैनिक कर्महरु जस्तै सुत्ने,उठ्ने, खाने, पुजाआजा र दान दक्षिणा गर्ने कार्यमा एकरुपता ल्याउनु,स्वास्थ अवस्थालाई हेरेर अल्पआहार गर्नु थोरै बोल्नु, श्रवणमा जोड दिनु, देशदेशान्तरको यात्रा नगर्नु, ब्रह्मचर्य को पालन गर्नु, खाटमा नसुत्नु, सरसफाईमा विशेष ध्यान दिनु, सात्विक भावमा रहनु जस्ता धार्मिक नियमहरुले व्रतलाई वैज्ञानिक बनाएका छन् ।
आज माघ २२ गते अर्थात स्वस्थानी साङ्गताको दिन ब्रतालुहरुले सदाको झै आफ्नो नित्य कर्म सकेपछि पञ्चगब्य प्राशन गरि सर्स्यु सहितले पुजास्थल, पुजा सामग्री र आफुलाई शुद्ध पार्नुपर्छ। त्यसपछी क्रमशः स्थापनाको दिनमा झै गोदान, प्रतिज्ञा सङ्कल्प, दिप, कलश, गणेश सहित चार वेदको पुजा गरि प्रधान देवताको पुजा गर्नुपर्दछ। यज्ञ मण्डपको इशान कोणमा स्थापना गरेका शिवलिङ्गलाई पुजा गर्नुपर्दछ। विशेषतः अग्नि पुजन, हवन, तर्पण, मार्जन, दान दक्षिणा, सौभाग्यका सामग्री, मातालाई शिरपाउ वस्त्र, शिव जीलाई वस्त्र दान गरि भगवान शिवको पुजा आराधना गरिन्छ ।
त्यसै गरि शक्तीस्वरुपा भगवती देवि९स्वस्थानी माता०लाई क्रमशः वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, बाराही, इन्द्राणी, चामुण्डा र महाकालीका विविध नामले पूजा अर्चना गर्नुपर्दछ। आजकै दिन आफुले चिताएको पुगोस् भनी श्री स्वस्थानी माता समक्ष विशेष अर्घ्य चढाइन्छ। भगवानलाई भोग लगाइएका पन्चामृत सहित पक्वान्न नैवेद्यहरु अन्य उपस्थित वा आमन्त्रित बन्धुवर्गादीहरुलाई वितरण गर्नुपर्छ। आफुले चिताएको मनोकामना पुर्ण होस् भनी भगवानलाई साक्षी राखेर आफ्ना ज्ञातअज्ञात कर्मको दोष काटियोस् र पुण्य फल प्राप्ति होस् भन्ने कामना गर्नुपर्दछ ।
यसरी यो पुराण वा व्रतकथा सम्भव भए आफै वाचन गर्नु, आफुले नजाने आफन्तलाई वाचन गर्न लगाउनु, आफन्तद्वारा पनि वाचन सम्भव नभए पण्डितलाई वाचन गर्न लगाउनु, सुन्ने श्रोताको अभाव नमान्नु एक्लै भए पनि वाचन गर्नु भन्ने कुरा कथामा वर्णित छ। त्यसै गरि अक्षता, फुल, चन्दन र भेटीद्वारा सरस्वती माता सहित पुस्तकको पूजा गर्नु पर्दछ। व्रत उद्यापनको दिन १०८ बेलीको फुल, १०८ जनै, १०८ सेलरोटी, १०८ सुपारीका कुड्का, १०८ पान, १०८ आरतीका ज्योतीहरू, १०८ भेटी, १०८ अक्षता, १०८ जौं, १०८ तिल इत्यादी वस्तुहरु भगवानलाई भोग लगाउनु पर्दछ। भने अन्य फलफुल, पक्वान्न तथा मिष्ठान्न परिकारहरुलाई नैबैद्यको रुपमा यथाशक्ति भोग लगाएर भगवानलाई तृप्त पार्नुपर्दछ ।
पुजा पश्चात् यज्ञमण्डप अर्थात् स्वस्थानी मातालाई १०८ पटक परिक्रमा गरि भगवान शिव, पार्वती अर्थात् स्वस्थानी मातालाई ढोग गरि व्रत समाप्तिको खुशियालीमा विघ्नहर्ता गणेश भगवानप्रति कृतज्ञता प्रकट गर्नुपर्दछ। स्वस्थानी मातालाई भोग लगाइएका १०८को गणनाका नैवेद्यहरुबाट ८ ओटाका दरले झिकी आफ्ना श्रीमानलाई दिनु, श्रीमान नभए छोरालाई दिनु, छोरा नभए मित छोरालाई दिनु, मीत छोरा पनि नभए पुर्णताको कामना गर्दै नदिमा बगाई दिनु र अन्य नैवेद्यहरु आफुलगायत उपस्थित आफन्त, इष्टमित्रहरुले ग्रहण गर्नु। सम्भव भएसम्म व्रतालुहरु सहित स्वस्थानीको प्रसाद भोजन गरेका सबै जना रात्रीमा जाग्रम बसि भजनकिर्तन गर्नु पर्ने परम्परा रहिआएको छ। यसरी यस वर्ष अर्थात् नल नामको सम्वत्सरमा रहेको स्वस्थानी व्रतकथा उद्यापन कार्य सम्पन्न भएको छ।





