बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

पोखराको लेकसाइड सेन्टरमा आगलागी, अन्यत्र पनि सर्यो

पोखराको लेकसाइड सेन्टरमा आगलागी, अन्यत्र पनि सर्यो


  • ढोरपाटन संवाददाता
  • माघ २८ २०७९, शनिबार

पोखरा/पोखराको लेकसाइडस्थित लेकसाइड सेन्टरमा आगलागी भएको छ। लेकसाइड सेन्टरको भवनमा रहेको सेलवेज सुपरमार्केटको सोरुमबाट शनिबार अपराह्न ३:४५ देखि सुरु भएको आगो अझै नियन्त्रणमा लिन सकिएको छैन । आगो नजिकका अन्य पसलहरूमा पनि सल्किएको छ ।

आगो नियन्त्रणका लागि अहिले नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपद प्रहरीको टोली खटिएका छन् । दुईवटा दमकल र तीनवटा ट्याङकरको सहायताबाट आगो नियन्त्रणमा लिने प्रयास जारी छ ।

आगलागीबाट हिमालयन जाभा, नासा ट्रेकिङ इकुप्मेन्ट सप लगायत पसलहरूमा पनि आगो सल्किएको छ । आगोबाट मानवीय क्षति भने भएको छैन। यद्यपि यसबाट करोडौंको क्षति भएको आकलन गरिएको छ। नजिकैका पसलहरूबाट कतिपय व्यवसायीले सामान पनि सुरक्षित स्थानतर्फ सार्न सकिरहेका छैनन् । आगलागीका कारण हल्लनचोकदेखि बाराही चोकसम्मको सवारी आवागमन पनि अहिले रोकिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->