शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

आइलागे जाइलाग्न तयार किशोरीहरु

आइलागे जाइलाग्न तयार किशोरीहरु

अब किशोरीहरु डराएर,चुप लागेर बस्दैनन्, हिंसाजन्य गतिविधि भए प्रतिकार गर्न सक्छन् ।


  • हरिकृष्ण गौतम
  • फाल्गुन ५ २०७९, शुक्रबार

म्याग्दी/समाजमा कलिला बालबालिकामाथि गिद्धे नजर लगाउने र यौनजन्य क्रियाकलापमा बाध्य बनाउने, आफ्नो चाहना पूरा गर्ने बढिरहेका छन् । सहर बजारदेखि ग्रामिण क्षेत्रसम्म बालिकाका साथै बालकहरू पनि उनीहरूको निशानामा परिरहेका छन् । फक्रिँदै गरेका कोपिलाहरुसँगै किशोरावस्थामा प्रवेश गर्दै गरेकामाथि हुने हिंसा न्यूनीकरणको लागि आत्मरक्षाको सीप सिकाउन सुरू गरिएको छ ।
किशोरी शिक्षा अभियान अन्तर्गत माध्यमिक विद्यालयमा अध्ययन गर्ने किशोरीहरुलाई आत्मरक्षाका लागि तालिम दिन थालिएको हो ।

सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा आर्थिक सहयोग र एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) बेनी अस्पताल तथा मिलन म्याग्दीको आयोजनामा रघुगंगा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका किशोरीहरुलाई आत्मरक्षाको बारेमा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।

रघुगंगा गाउँपालिकाभित्र रहेका विभिन्न १० वटा माध्यमिक विद्यालयको कक्षा ७ देखि १२ सम्म अध्ययनरत किशोरीहरुलाई मार्सल आर्टअन्तर्गत आत्मरक्षाको तालिम दिने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको आत्मरक्षा तालिमका प्रशिक्षक एवं गण्डकी खेलकुद परिषद सदस्य चन्द्रा घले गुरुङले बताइन् ।

लैङ्गिक हिंसा, यौनजन्य दुव्र्यवहार, बलात्कार, जबरजस्ती करणी जस्ता घटनाहरुलाई न्युनीकरण गर्ने, किशोरीहरुमा आत्मबल बढाउनैपर्छ’,प्रशिक्षक घलेले भनिन्,‘ अब किशोरीहरु डराएर,चुप लागेर बस्दैनन्, हिंसाजन्य गतिविधि भए प्रतिकार गर्न सक्छन् ।’

मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले विद्यालय तहबाटै लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले किशोरीहरुलाई लक्षित गरेर आत्मरक्षाको तालिम सञ्चालन गरिएको बताइन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->