सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

तोड्न सकेनन् स्टेफनले आफ्नै रेकर्ड, राजपुराको ह्याट्रिक

तोड्न सकेनन् स्टेफनले आफ्नै रेकर्ड, राजपुराको ह्याट्रिक


  • विजय नेपाली
  • फाल्गुन ७ २०७९, आइतबार

पोखरा/ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १७ औं संस्करणको उपाधि केन्याली धावक स्टेफन कोसगेइले जितेका छन् । निर्धारित ४२.१९५ किलोमिटर दूरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गर्दै उनलले दोस्रोपटक स्वर्ण जितेका हुन् । दोस्रोपटक स्वर्ण हासिल गर्दा उनको रेकर्ड भने खस्कियो । गत वर्ष २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा दूरी पूरा गर्दै उनले पोखरा म्याराथनमा नयाँ रेकर्ड कायम गरेका थिए । दुई घण्टा १८ मिनेटमा पोखरा रंगशाला मैदान प्रवेश गरेपनि उनले अन्तिम विन्दुमा पुग्दा दुई घण्टा २० मिनेट भइसकेको थियो । केन्याकै जुलियस ओहोमेले २ घण्टा २० मिनेट ३७ सेकेण्डमा पूरा गर्दै रजत तथा नेपाल आर्मीका होमलाल श्रेष्ठले २ घण्टा २५ मिनेट १४ सेकेण्डमा पूरा गर्दै कास्य जिते ।

उनीहरु क्रमशः ५ लाख, ३ लाख र २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगितामा गण्डकी प्रदेशतर्फ रामजी बस्नेतले स्वर्ण हासिल गरे । लमजुङका बस्नेतले २ घण्टा ४१ मिनेट ३१ सकेन्डमा दुरी पूरा गर्दै नगद ५० हजार रुपैयाँ प्राप्त गरे । गोर्खाका निरज भट्टले २ घण्टा ४५ मिनेट १३ सेकेन्डमा लक्ष्य भेट्टाउँदै ३० हजार रुपैयाँ प्राप्त गर्दा गोर्खाकै श्याम मगरातीले २ घण्टा ५० मिनेट ३ सेकेन्डमा दूरी पार गरी २० हजार रुपैयाँ प्राप्त गरे ।

उता, हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पछाईंले ह्याट्रिक गरेकी छन् । उनले लगातार तेस्रोपटक उपाधि जितेकी हुन् । निर्धारित दूरी २१ किमी १ घण्टा २५ मिनेट ६ सेकेण्डमा पूरा गर्दै एक लाख ५० हजार रुपैयाँ पाइन् । सशस्त्र प्रहरीकी ए वृन्द्रा श्रेष्ठले १ घण्टा २६ मिनेट २५ सेकेण्डमा पूरा गर्दै एक लाख रुपैयाँ पाइन् । त्रिभुवन आर्मी क्लबका पूर्णलक्ष्मी न्यौपानेले १ घण्टा ३१ मिनेट ४ सेकेण्डमा पार गरिन् । नेपाल पुलिसकी रेखा विष्टले १ घण्टा ३० मिनेट १४ सेकेण्डमा पूरागर्दै सान्त्वना भइन् । न्यौपानेले ७५ र विष्टले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

१० किलोमिटर पुरुषतर्फ संजय श्रेष्ठले ३६ मिनेट २१ सेकेन्डमा पुरा गर्दा सुवाष कार्कीले ३६ मिनेट ५४ सेकेन्डमा पूरा गरे । दिपक सुहानले ३७ मिनेटमा लक्ष्य भेट्टाए । महिलातर्फ एपिएफकी आशा रावतले ५० मिनेट १२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण हासिल गरिन् । पुलिसकी विर्सामा कुमालले ५० मिनेट २९ सेकेन्डमा दूरी पूरा गर्दै रजत जित्दा आर्मीकी कल्पना खड्काले ५१ मिनेट ६ सेकेन्डमा दूरी पूरा गर्दै कास्य पदक हासिल गरिन् । पुरुष तथा महिलातर्फका प्रथम, दोस्रो र तेस्रोले समान ३०,२० र १५ हजार १५ हजार रुपैयाँ प्राप्त गरे ।

भद्रगोल प्रतियोगिता, आफैं विजेता घोषणा गर्न बाध्य

पहिलोपटक प्रविधिको प्रयोग गरिएको पोखरा म्याराथन निकै भद्रगोल भयो । आयोजकले म्याराथनको व्यवस्थापन नगर्दा हाफ म्याराथन, १० किलोमिटर र पाँच किलोमिटरको दौड भद्रगोल हुन पुगेको थियो ।

महिला हाफ म्याराथनमा आयोजकको लापरवाहीका कारण खेलाडीहरु अलपत्र परेका थिए । हाफ म्याराथन विजेता राजपुराले आयोजकले म्याराथनसँगै रेस सुरु गरेपनि आफूहरुलाई ढिलो दौडाइएको जिकिर गरिन् । यस्तै पूर्णलक्ष्मी न्यौपानेले आयोजकको गल्तीका कारण ढिला दौडिन बाध्य भएको सुनाइन् । उनले माइकमा हाफ म्याराथनका लागि ट्रयाकमा बोलाइए पनि रेस भने पहिला नै सुरु गरेको सुनाइन् । ‘मैले सुरु गर्दा करिब ३÷४ सय मिटर बढी दौडिइ सकेको थियो । हामी यहाँ त्यसै आएका होइनौं आफ्नो खेल प्रदर्शन गर्न आएका हौं तर आज मेरो टाइमिङ निकै पछि रह्यो,’ उनले भनिन्,‘आयोजककै कारण म पछि परेको हुँ ।’ उता १० किलोमिटर दौडकोमा पनि समस्या रह्यो । धावकहरुले निर्धारित दूरी पार गर्दा समेत प्राविधिक टोलीले समय नटिप्दा समस्या आएको थियो ।

विद्यालयस्तरीय प्रतियोगितामा धावक आफैले पहिलो दोस्रो र तेस्रो भएको आयोजकलाई बताउनुपरेको थियो । बागलुङका बादल कार्कीे प्रथम भएपनि प्राविधिक टोलीले भने त्यो सत्य नभएको भन्दै उनको रिपोर्ट लेखेनन् । उनीमात्र होइन् तेन्जोरा र सागरको पनि रिपोर्ट टिपिएन । ‘हामीले दौड पूरा गर्दा पनि पूरा गरेर भनेर हाम्रो नामै लेख्नुभएन । हामीले यहाँमात्रै होइन दौडको रुटमा समेत समस्या खेप्याँ,ै’ बादलले भने,‘खै किन उहाँहरुले यसो गर्नुभयो थाहा भएन । हामीलाई धावकै होइन भन्दै हुनुहुन्थ्यो ।’

उता छात्रातर्फको रजत विजेता खेलाडीलाई भने पुरस्कारै दिइएन् । पाँच किलोमिटरतर्फ प्रथम र तेस्रोलाई बोलाएर पुरस्कार दिँदा दोस्रो भएकी आइतीमायालाई भने पुरस्कारका लागि नै बोलाइएन । त्यति बेलासम्म आयोजकलाई कुन खेलाडी प्रथम, कुन दोस्रो र कुन तेस्रो भएको भन्ने कुराको ज्ञानै थिएन । आयोजकले पटक–पटक माइकबाट उनीहरुको नम्बर बोलाइरहेका थिए । ‘सबैले पुरस्कार पाइसकेको थिए । मेरो त नामै आएन । सेकेन्ड भएको थिएँ तर किन बोलाउनुभएनm थाहा भएन,’ आइतिमायाले भनिन्,‘सानो प्रतियोगितालाई प्रतियोगिता नै होइन जस्तो गर्नुभयो । मलाई अपमान भएको महसुुस भयो।’ आयोजकले सबै पुरस्कार भ्याइसकेपछि कार्यक्रम सकेर हिँड्ने क्रममा उनलाई बोलाएर पुरस्कार प्रदान गरेका थिए । भुतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरि पराजुलीले आगामी प्रतियोगितामा गल्ति सुधार गर्ने बताए । उनले

५ किलोमिटरमा बागलुङको रेसनन्थला माविलाई स्वर्ण
म्याराथनअन्तर्गत नै भएको पाँच किलोमिटरतर्फ बागलुङ रेसनन्थला माविका बादल कार्कीले स्वर्ण हासिल गरेका छन् । विद्यालयस्तरीय दौडको छात्र तर्फ उनले निर्धारित दूरी १६ मिनेट १८ सेकेन्ड ४ मिलिसेकेनडमा पूरा गर्दै १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । पोखरा छोरेपाटन माविका तेन्जोरा रोक्का मगरले १६ मिनेट २७ सेकेन्ड ४ मिलिसकेन्डमा दूरी पूरा गर्दै १० हजार रुपैयाँ प्राप्त गरे । यस्तै सैनिक आवासीय माविका सागर लामाले १६ मिनेट ३४ सकेन्डमा दूरी पुरा गर्दै ७ हजार रुपैयाँ प्राप्त गरे । छात्रातर्फ नारायणी भण्डारी प्रथम, आइतिमाया घले दोस्रो र मेनुका अधिकारी तेस्रो हुँदै समान १५, १० र ७ हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै ह्विलचियर प्रतियोगितामा दान थिन प्रथम, सुरज गौली दोश्रो र जीवन श्रेष्ठ तेश्रो भए । महिलातर्फ लक्ष्मी सुनार प्रथम, धना मगर दोस्रो र ववित्रा विक तेस्रो भइन् । दृष्टिविहीन महिलातर्फको दौडमा विनिता पुन प्रथम, सृजना परियार दोस्रो र देवी बराल तेस्रो भइन् भने पुरुषतर्फ विरेन्द्र लामिछाने प्रथम, आसिक खड्गी दोस्रो र प्रेम क्षेत्री तेस्रो भए । उनीहरु सबैले समान क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->