शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गण्डकीको कार्यव्यवस्था समितिलाई पूर्णता दिईयो

गण्डकीको कार्यव्यवस्था समितिलाई पूर्णता दिईयो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ९ २०७९, मंगलबार

पोखरा/ गण्डकी प्रदेशको कार्यव्यवस्था समितिले पूर्णता पाएको छ । प्रदेशसभाको सोमबारको बैठकमा सभामुख कृष्णप्रसाद धितालले समितिमा रहने सदस्यको नाम पढेर सुनाएका थिए ।

प्रदेशसभा नियमावली, २०७४ को नियम १३ मा कार्यव्यवस्था परामर्श समितिको व्यवस्था छ । सभामुखको अध्यक्षतामा गठन हुने यो समितिले प्रदेशसभामा पेस हुने विषयदेखि बैठकलाई सुव्यवस्थित बनाउने विषयमा परामर्श दिने काम गर्दछ ।

‘प्रदेशसभाको बैठकमा पेस हुने विषयहरूको प्राथमिकता तथा समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठह¥याएको अन्य विषयमा परामर्श दिन सभामुखको अध्यक्षतामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलका सदस्यहरू समावेश हुने गरी बढीमा एघार जना सदस्य रहेको एक कार्य व्यवस्था परामर्श समिति गठन गर्न सकिनेछ ।’ उपनियम १ मा उल्लेख गरिएको छ ।

यो समितिमा उपसभामुख उपाध्यक्ष र कानून मामिला हेर्ने मन्त्री पदेन सदस्य रहन्छन ।

सभामुख धितालले प्रदेशसभा बैठकमा सातजना सदस्यको नाम पढेर सुनाएका थिए । जसमध्ये कांग्रेसबाट कांग्रेसबाट विन्दुकुमार थापा र नन्दप्रसाद न्यौपाने, नेकपा एमालेबाट गोविन्दबहादुर नेपाली र सुधिरकुमार पौडेल, नेकपा माओवादी केन्द्रबाट सुशीला शिंखडा र फणिन्द्र देवकोटा, राप्रपाबाट विन्दु अधिकारी पहाडी सदस्य रहेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->