पोखरा/साविक उपबिजेता एल.जी.एशोसियसन र नव आर्दश सामुदायिक विकास समाज पोखरामा जारी आठौं संस्करणको संगम कप तथा विल स्मृति फुटवल प्रतियोगिताको उपाधिको लागि भिड्ने भएका छन् ।
संगम क्लवको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तरगत शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा एलजीले १० खेलाडीमा सिमित भ्याली स्पोट्र्समाथि १–० कठिन जित निकालेको हो ।
खेल सुरु भएको आठौं मिनेटमै भ्यालीका प्रताप गुरूङले विपक्षी खेलाडीलाई डिबक्स नजिकै लडाएपछि रातो कार्ड पाएका थिए । त्यसपछि १० खेलाडीमा सिमित भ्यालीले डिफेन्सलाई निकै बलियो बनाउँदै बराबरीमा रोकेपनि निर्धारित समय सकिएपछि थप गरिएको अतिरिक्त समयको अन्तिम तिर गोल गर्दै जित हासिल गरेको हो ।
बरदान ताङवेले गरेको गोल निर्णायक रह्यो । शुक्रबार नै सम्पन्न अर्को सेमिफाइनल खेलमा नव आदर्श सामुदायिक विकास समाजले सहारा क्लबलखई सडनडेथमा हराउँदै फाइनलमा एलजीको भेट पक्का गरेको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत ३–३ को बराबरी भएको थियो ।





