मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

दैनिक सिकाइमा ज्ञान व्यवस्थापन

दैनिक सिकाइमा ज्ञान व्यवस्थापन


  • यामबहादुर थापा मगर
  • फाल्गुन १३ २०७९, शनिबार

पराधिन अर्थतन्त्र निर्माणका विरुद्धमा लागि स्वाधिन र स्वाभिमान अर्थ निर्माणमा लागि ज्ञान व्यवस्थापनको सृजना र विकाससहित विस्तारमा लाग्नु पहिलो प्राथमिकता हुनेछ ।

विषय प्रवेश
जीवनलाई सुखमय यापन गर्न निरन्तर संघर्षस्वरुप शिक्षा आर्जन गर्न लागिरहने मानिस हरसंभव तरिकाले उपलब्ध हासिल गर्नका लागिपरेको हुन्छ । मानिसले सफलताको कथा मात्र अध्ययन गर्न खोज्दछ तर असफलताका कथाहरुको जानकारीबाट पनि जिवनमा शिक्षा प्राप्त हुन्छ भन्ने मान्यताको विकास हुन सकेको छैन । विद्याको ज्ञानसागरबाट अनुभति लिई समृद्ध समाज निर्माणमा भुमिका खेल्ने संस्थाहरुमध्ये विद्यालयलगायत क्याम्पस, सामाजिक संघसंस्था, सरकारी निकाय, अन्तराष्ट्रिय संगठनहरु हुन सक्दछ । विद्या बिनाको मानिस पशुसरह हुन्छ भन्ने संस्कृतमा प्रसिद्ध भनाइ नै छ । त्यसैले वर्तमान समयमा शिक्षा, ज्ञान, विद्या हासिल गरी प्रज्ञा बन्नमा मानिसलाई हरेक क्षेत्रबाट हिजोभन्दा आज सुचना प्रविधिका माध्यमले सजिलो बनाईदिएको छ । विश्वमा विभिन्न प्रकारका ज्ञानको खोज अनुसन्धान गरी छोटो समयमा धेरै अव्यक्त ज्ञान हासिल गर्न मानिसलाई सजिलो भएको छ ।

ज्ञानको परिभाषा
ज्ञान भनेको सुचना, बुझाइ, सिप, शिक्षा र अनुभवबाट पाउने सिकाइको सकारात्मक अनुभूति हो । कानुन, सुचना, सीप, अनुभव वा शिक्षाबाट प्राप्त सैद्धान्तिक र व्यवहारिक बुझाइमा उच्चतम विन्दुको सोचाइमा वैज्ञानिक आधार प्रदान गरी मानव जीवनमा सुखमय र आनन्दित बनाउनु ज्ञानको शक्ति नै हो । छोटकरीमा ज्ञान नै शक्ति हो भन्ने पनि गरिन्छ । ज्ञानको पहिचान, ज्ञानको खोजी र ज्ञानको सिर्जना सँगसँगै ज्ञानको भण्डारण गरी भविष्यका लागि उपयोग गर्न मिल्ने गरी ज्ञानको संग्रह र ज्ञान प्रकाशनमा निरन्तर सम्पादनसहित लाग्नु तथा मानव जिवनको चेतनाको विकास गर्दै सर्वोकृष्ट प्राणीको मान्यतामा परिकृष्त गर्ने काम भएको छ । प्रणालीगत रुपमा समन्वय गरि मानिसमा प्रक्रिया, प्रविधि र संस्थागतमा कठिन र अप्ठयारालाई समाधान गर्दै अनवरत रुपमा समन्वय गरी जानी जानी सजिलो बनाउन खोज अनुसन्धान गर्नमा उत्प्रेरित हुनका लागि ज्ञान व्यवस्थापन आवश्यक पर्दछ । ज्ञान व्यवस्थापनले प्रणालीगत व्यवस्थापनमा संस्थागत ज्ञानको उद्धेश्य र लक्ष्य हासिल गर्न सृजनात्मक मुल्य र रणनीतिक आवश्यकता पुरा गर्नका लागि लाभदायक र सान्र्दभिक बौद्धिक सम्पत्ति हासिल गरी संगठनात्मक सुधार प्रर्दशन गर्न सहयोग गर्दछ । सन् १९६० अघि ज्ञान व्यवस्थापनका विषयमा एभतभच म्चगअपभच ले ज्ञान सिकाउने संस्थाको रुपमा निरन्तर विकास गर्नु नै रहेको भनाइ पाउन सकिन्छ ।

ज्ञान व्यवथापन
ज्ञान व्यवस्थापनले ज्ञानको प्रयोग, ज्ञानको सृजना, ज्ञानको पहिचान, ज्ञानको जम्मा तथा संकलन, ज्ञानको समिक्षा, ज्ञानको बाँडफाँड र ज्ञानको अनुकुल गरी परिपक्ता हासिल गर्ने कार्य गर्दछ । ज्ञान व्यवथापनले प्रणालीगत तरिकाले ज्ञानको मानिसमा अति उत्तम तरिकाले प्रयोग, बौद्धिक क्षमता विकासका लागि अभ्यस्त वातावरणको विकास, निर्माण नभएका संगठनात्मक पक्षका पुर्वाधार विकास र विस्तार, सामाजिक तथा वैज्ञानिक मुल्य मान्यतामा आधारित संस्कारको विकास र विस्तार, असल अभ्यासले कुरीति, कुचलन र कुसंस्कारलाई विस्थापन गरी सभ्य समाज निर्माण योगदान, कोरा मष्तिकलाई सृजनात्मक क्षमता भरिपुर्ण गरि समृद्धी हासिल गराउने, आजीवन निरन्तर रुपमा सकारात्मक परिणामका लागि सिकाइलाई निरन्तर अनिवार्य शर्तका तरिकाले प्रभावकारी बनाउने, निस्कृयता र अल्छीपनलाई तिलाञ्जली दिंदै योजनाबद्ध हिसाबले नतिजा आउने क्रियाकलापहरुलाई संस्थागत अभ्यास गर्ने, समसामयिक बौद्धिकता प्रकट गर्नका लागि दृष्टिकोण निर्माणमा बहस, पैरवी चलाउने कार्यका लागि ज्ञान नै शक्ति हो भन्ने भनाईलाई सार्थकता प्रदान गर्नु ज्ञान व्यवस्थापनको उद्धेश्य रहेको छ ।

संसारमा व्यक्त तथा खोज अनुसन्धान गरिएको ज्ञान २० प्रतिशत मात्र रहेको छ भन्ने मान्यता राखिन्छ । विश्वमा भएका ८० प्रतिशत ज्ञान अझैपनि अनविज्ञ भै खोज अनुसन्धानको प्रधान विषय बनेका छन । मानिसहरु निरन्तर रुपमा खोज अनुसन्धानमा लागिरहेको अवस्था विद्यमान वैज्ञानिक युगमा समेत पाउन सकिन्छ । मानिसको निजी जिवनमा पनि आफूसँग भएको ज्ञान, शिप, अनुभवहरु २० प्रतिशत मात्र व्यक्त गरी अधिकतम सुखी र आन्नदमय जीवनयापन गरेको हुन्छ । मानिसमा अव्यक्त सुन्दर कल्पना, अमूर्त भविष्यको सपना, सपनाको सागरमा डुबुल्की मार्दा आनन्द आउने ज्ञानहरु प्रशस्त हरेक मानिसमा भएपनि व्यक्त नभईकन मानिसको सात्वत मृत्युसँगै मरिरहेका हुन्छन् । मानिसले संगत, समुह, संगठन, वातारण पाइरहेको हुँदैन अव्यक्त ज्ञानलाई व्यक्त गरी प्रमाणिकरण र दस्तावेजीकरण गर्न नसकिरहेको हुन्छ । दबित अवस्थामा राख्नु अल्प ज्ञानको कारणले नै मानिसले आनन्द मानिरहेको हुन्छ । जुन घटना वा सपनासहित योजना अरुका लागि पनि शिक्षा र ज्ञानका लागि काम लाग्न सक्दछ भनेर प्रसार, संग्रह र प्रशारण गर्न नसकेका ज्ञानका प्रशस्त नमूनाहरु हरेक समाजका अनेकांै साक्षर र निरक्षर मानिसमा हुन्छन् ।

ज्ञान व्यवस्थापनको तहलाई सुरुमा तथ्याक तथा सुचना संकलन गर्ने, संगठनमार्फत जानकारी लिने, शारांससहित विश्लेषणबाट तर्क प्रस्तुत गर्न सक्नेगरी ज्ञान लिने र निर्णयलाई दीगो रुपमा फराकिलो क्षेत्रमा उपयोगमा ल्याउनको लागि प्रज्ञा वा विज्ञतातर्फ उन्मुख हुने हिसाबले ज्ञान व्यवस्थापनलाई बुझ्न सकिन्छ । बुद्धिमा अभिवृद्धि गरि समृद्ध हुने र निर्वुद्धि (मुर्ख) हुनबाट जोगिने शिक्षा मानव समाजले चाहान्छ । सामाजिक प्राणी, चेतनशील प्राणी, विवेकशील प्राणी भन्ने विशेषतालाई विज्ञान सम्मत सत्य बुझने र विश्वास गर्ने सिकाई र बुझाइका तौरतरिका आर्जन गर्नु नै ज्ञान व्यवस्थापनका माध्यमबाट विद्या हासिल गर्नु हो ।

ज्ञान व्यवस्थापनमा मानव मस्तिकको अनुभव, सिकाई, भावनाहरु, अन्तरदृष्टि, अन्र्तज्ञान, बुद्धि, अवलोकन, आन्तरिक जानकारी, मानव मतलाई बुझने, पुस्तकहरु अध्ययन गर्ने, कागजातहरु, प्रतिवेदन, संस्मरण लगायतलाई बृहत रुपमा मानिसको जिवनमा निरन्तर अभ्यासमा लगि बुद्धिजीवि मर्यादा क्रमको मानवमा नागरिक पर्दछ । ताकि ज्ञानको अनुभव, सूचना, जानकारी तथा सिकाइहरुलाई ज्ञान उत्पादन गर्ने, सहि व्यक्तिलाई, सहि समयमा सही संचार गर्नमा मार्गनिर्देश गरोस् । मानिसको जीवनलाई जिवन्त, क्रियाशिल राख्नका लागि पछिल्लो सूचना र प्रविधिको युगमा ज्ञान व्यवस्थापन महत्वर्पुण मानिन्छ । नयाँ अभ्यासको पाठ सिक्न र ज्ञान साझेदारी गर्न, आयोजना डिजाईन र कार्यान्वयनमा सुधार गर्न, नीति प्रक्रियाहरुलाई प्रभाव पार्न, विद्यार्थीका गतिविधिहरुलाई जागरुकता बढाउन, नीति निर्माताहरु बीच विद्यार्थीलाई शिक्षा प्रदान गरी गुणस्तरीयता र प्रतिस्पर्धी क्षमतामा अभिवृद्धि गर्न, लक्षित वर्गहरुलाई ज्ञान आर्जनमुखी क्रियाकलापहरु कार्यान्वयन गरी जानकारी दिन, समुदायका साझेदारहरु निर्माण गरी निरन्तर समन्वय गर्न, सफल अनुभवहरु प्रचार गरी सकारात्मक सन्देश प्रवाह गर्नका लागि ज्ञान व्यवस्थापनले भुमिका खेल्दछ ।

ज्ञान व्यवस्थापनका शैली र प्रक्रिया
जीवनमा विद्यालयका विद्यार्थीहरुको ज्ञान प्रयोगलाई उपयोग गरी प्राप्त सही तथ्यांकहरुलाई सुरक्षित राख्नको लागि, अभिलेख प्रणालीलाई चुस्त बनाउन, आवधिक प्रकाशन, बुलेटिन, प्रतिवेदनलाई सुरक्षित तवरमा चाहिने समयमा प्राप्त गर्नका लागि, विद्यालयका शिक्षकहरुले शिक्षण तथा सम्पादन गरेका असल अभ्यासलाई सुरक्षित रुपमा भण्डारण गर्नका लागि, विद्यालयका तथ्यांकमा सबैको पहँच सुनिश्चित गर्न, शिक्षक तथा विद्यार्थीहरुले विद्यालय छोड्दाको समयमा अनुभव आदानप्रदानलाई संग्रहित गरी हस्तान्तरण डायरी लेखी संकलन गर्ने, विद्यालयमा भएमा सुचना, पाठयोजना, शिक्षण विधिका अभिलेखलाई आधुनिक प्रविधिमैत्री बनाई कम्प्युटराइज विधिमा लैजाने, विद्यार्थी तथा शिक्षकलाई अनुसन्धान कार्य, स्थलगत अध्ययन गर्नका लागि निरन्तर रुपमा प्रोत्साहन गरी असल अभ्यास प्रयोगमा ल्याउने, जनरल प्रकाशन, आलेख प्रकाशन गरी बौद्धिक र सृजनात्मक क्रियाकलापमा प्राथमिकता दिने, फोटोहरु संकलन गरी सुरक्षित तवरले राख्ने, सिकाइ तथा अनुभवको अन्तरक्रिया गरी आदानप्रदान गर्नका लागि वाचनालय, सेमीनार, गोष्ठी हलको व्यवस्था मिलाउने, शिक्षण गरेका भिडियो डकुमेन्ट्री सृजना गरी प्रचार प्रसार गरी सुरक्षित राख्ने, ज्ञान केन्द्रको निर्माण गरी व्यवस्थापन गर्ने, नयाँ ज्ञानको सिर्जना र भइरहेको ज्ञानको क्षेत्र विस्तारमा योगदान गर्ने, समयमा नै संचार प्रभावकारी ज्ञान व्यवस्थापन हो भन्ने मान्यताको विकास गर्ने, ज्ञान प्रवद्र्धनका लागि संगठनात्मक व्यवहारको विकासमा विशेष ध्यान दिने, व्यक्तिगत तथा व्यक्तित्व विकासका लागि जीवनमा सकारात्मक जिवनशैली विकासका लागि व्यवसायिकता निर्माणमा सहयोग गर्ने, ज्ञान व्यवस्थापनले विद्यालय तथा शिक्षकको कार्ययोजनालाई कति सफलता हासिल गरेको छ भन्ने समाज र व्यक्तिगत जीवनमा प्रतिविम्व हुनु पर्ने, प्रशासनिक मुल्य, वित्तिय मुल्य, ऐतिहासिक मूल्य, कानुनी मूल्य, अनुसन्धान तथा सुचनामुलक मुल्यलाई मानिसको जीवनसँग अन्तरसम्बन्धित बनाउनुपर्दछ ।

ज्ञान व्यवस्थापनको उपलब्धी
मानव जिवनमा ज्ञान व्यवस्थापनको सिकाइ गर्दा विद्यार्थीको सिकाई उपलब्धीमा सहज तरिकाले उच्चतम रणनीतिगत सुधार भै संचारका आवश्यक औजारहरु ज्ञान मैत्री बनाई मार्गदर्शन प्रदान गर्नु हो । सिकाइका ढाँचाहरु सिजर्ना गरी शिक्षाको ज्योती दिने ज्ञान मन्दिर विद्यालयलाई आन्तरिक सिकाइ र उपलब्धीमा प्रणालीगत सुधार गरी व्यापक शैक्षिक जागरण ल्याउने हिसाबले लाग्नु पर्दछ । शिक्षाको लक्ष्य र उद्धेश्य प्राप्तिको लागि अभिभावक, विद्यार्थी, शिक्षक, नागरिक समाज, सरोकारवालाहरुलाई सही तरिकाले व्यवस्थापन गरी शिक्षण सिकाइको उपलब्धीलाई सस्थागत गरी संचार तथा प्रसार गरी सुधार गर्नुपर्ने विषयवस्तुहरुमा सकारात्मक पृष्ठपोषण लिनु रहेको छ ।
विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारको जीवनचक्रमा अभिन्न तहमा ज्ञान व्यवस्थापन रहेकोले ज्ञान प्रवाहको क्रियाकलापलाई परिणाममुखी बनाउनुपर्दछ । ज्ञानले सरोकारवाला र विद्यार्थीहरु बीचको सम्बन्ध विस्तारलाई जीवन्त प्रदान गर्नका लागि अक्सिजनको रुपमा काम गर्दछ । विद्यार्थी र शिक्षकमा शिक्षालाई सिकाइ र नापजाँच पछिको उपलब्धीमा एकरुपता आई समाजको मानव विकास सुचकांकमा सकारात्मक प्रभाव पारेको हुने छ । शिक्षाको राष्टिय नीति, ऐन, उद्धेश्य अनुसार उपलब्धी हासिल गर्नका लागि फरक फरक बुझाइका कारण कार्यान्वयनमा अवरोधहरु सृजना हुने भएकोले आम रुपमा समान बुझाई बनाउनका लागि सहयोग गर्ने छ । शिक्षा, ज्ञान, बुद्धि, विवेक र चेतनास्तर विकासका लागि साझेदारहरुको बुझाई तथा सिकाई व्यवस्थापनमा सुदृढिकरण भएको पाउन सकिन्छ । शिक्षण सिकाइ प्रणालीमा सुधार आई नयाँ नयाँ अवसर, स्थान, रोजगारको सृजना भई समाजमा विकासका ढोकाहरु खोलिदै जानेछन् । शिक्षा प्रणालीमा भएको जटिलता, समस्या, कुण्ठालाई सहजीकरण गरी सजिलो तरिकाले संचार भै ज्ञान व्यवस्थापनको महत्वलाई समुदायमा पहिलो प्राथमिकताका साथ उजागर गर्ने छ । राज्यको संघ, प्रदेश तथा स्थानीय तहरुको नीतिहरुमा प्रभाव र विस्तार भै सरस्वती तथा विद्याको मन्दिर निर्माण गरी अब्बल दक्ष जनशक्ति निर्माण गर्नमा टेवा पुग्ने छ । ज्ञान व्यवस्थापनको प्रगाढ सम्बन्धले अनुगमन मूल्यांकनका तौरतरिकामा सहजता प्रदान हुने छ । समाजमा रहेका हरेक तह र तप्का नागरिकहरुको बौद्धिक क्षमतामा बढावा भै सम्भ समाज निर्माणमा महत्वपुर्ण भुमिका हुनेछ । विद्यालय भित्रका समाजमा रहेका असल अनुभवहरुलाई लिपीबद्ध गर्न, संग्रह तथा भण्डारण गरी जीवनका उर्जाशील समयलाई उत्पादनमुखी र आयआर्जनमुखी आर्थिक क्षेत्रमा रुपान्तरण गर्न सकिन्छ ।

ज्ञान व्यवस्थापनमा हुने क्रियाकलाप
ज्ञान पाउनको लागि ध्यान बस्ने, बनवास बस्ने, ऋषिमुनीको शिष्य बन्ने जस्ता क्रियाकलापहरु पूर्वीय दर्शनमा भएको पाउन सकिन्छ । ज्ञान व्यवस्थापनका लागि समाजमा धार्मिक ग्रन्थहरुको अध्ययन गरेर ति ग्रन्थहरुमा भएका पात्रहरुको विशेषता, गुणका आधारमा ज्ञानी हुनु पर्दछ भन्ने नेपाली समाजमा धारणा पाइन्छ । धार्मिक स्थलमा जम्मा भई आर्जन गर्ने ज्ञान, विद्या, शिक्षाले पनि असल कुराको विस्तार र विकासमा नै ध्यान दिएपनि कहिँकतै प्रभुत्व जमाउनका लागि योजनाबद्ध र आक्रामक तरिकाले प्रस्तुत भएको पाउन सकिन्छ । ज्ञानको प्रचार प्रसारका लागि सर्वसाधारण, नागरिक, विद्यार्थीहरु बिचमा सन्देश प्रवाहका लागि सक्षम नेतृत्व स्थापित गर्ने, ज्ञान तथा शिक्षा क्षेत्रका नयाँ सोचहरुलाई समाचार प्रकाशन, प्रेस कथन, प्रेस लिखित रुपमा प्रेस विज्ञप्तिमार्फत क्रियाकलाप बढाउने गर्नुपर्दछ । पत्रकार भ्रमण तथा पत्रकार सम्मेलनमार्फत समेत अनविज्ञलाई जानकारी गराई शिक्षित गराउन सकिन्छ । सार्वजनिक स्थल विद्यालय, भवन, चोकहरुमा व्यवस्थित तरिकाले प्रवद्र्धन गरी पोष्टर निर्माण गर्ने क्रियाकलाप समुदाय स्तर र मानिसहरुको भिडभाड हुने मेला, महोत्सव, शहरहरुमा ज्ञान बढाउन सकिन्छ । वैज्ञानिक प्रमाणिक तथ्यमा आधारित नोट, ब्रोशर, प्राविधिक नोटहरुलाई ज्ञानसँग अन्तरसम्बन्धित गरी गहिरो अध्ययनमा लाग्नका लागि सहयोग पुरयाउँछ । सुचना पत्रलाई विशेष समुह तथा वर्गको रुचिलाई नियमित डिजिटल सूचना तथा समाचार प्रकाशन गरि सामाजिक संजालहरुमा ज्ञान व्यवस्थापनको गतिविधि जोडन सकिन्छ । रेडियो कार्यक्रममार्फत लक्षित वर्गसम्म ज्ञानको सार फैलाउनका लागि लगातार नित्यकर्मका साथ लागि पर्नुपर्दछ । ज्ञानका विविध पक्षलाई समेटी नयाँ ज्ञान अवलम्वन गर्नका लागि आकर्षित गर्न वृत्तचित्रले अति सहयोग पुरयाएको हुन्छ । पछिल्लो समयमा इन्टरनेटको बढदो प्रयोगले गुगलमा सबथोक पाइन्छ भन्ने मान्यताको विकास हुँदै गएको छ । वेवसाइट निर्माण गरि खुल्ला रुपमा विश्वव्यापी जगतमा प्रचार प्रसार गर्दै सामाजिक सञ्जालको प्रयोगले ज्ञान व्यवस्थापनलाई लक्षित समुदायमा पु¥याउनको लागि सजिलो भएको छ ।

ज्ञान व्यवस्थापनको समसायिक सवाल
अहिले हरेक व्यक्तिको वेवसाइट, इमेल, फेसबुक पेज, सामाजिक सञ्जालहरुमा आबद्ध, टिकटक लगायत युटुव च्यानलहरुले मानिसलाई क्षमता विकास गर्न र ज्ञानको संग्रह गरी व्यवस्थापन गर्न सजिलो भएको छ । व्यक्तिगत पुस्तकालयको विकास गर्नुपर्र्ने र पुस्तकलाई मात्र स्थायी साथीको रुपमा अवलम्बन गर्नुपर्ने चिन्तन पुरातन हुँदै गएको छ । अब घरमा वाइफाइ जडित कम्प्युटर र मोबाइल भएपछि सारा संसार सिमित बन्द कोठाभित्र हुन पुगेको छ । ति सुचना र प्रविधिका आधुनिक सामग्रीहरु ज्ञान सृजना र विकासमा कति उपयोग भै नेपाली समाज समुन्नत हुनमा उपयोग भएको छ भन्ने बारेमा समिक्षा हुन बाँकी छ । परनिर्भरतामा आधारित जनशक्तिको विकास भै सृजनात्मक क्षमतामा ह्रास भएको आलोचना खेप्न बाध्य भएकोले ज्ञान व्यवस्थापनमा समसायिक सवाल जल्दोबल्दो अवस्थामा उठेको छ । फेरी पुँजीबादी चिन्तनको राजनीतिक अर्थव्यवस्थाले विस्तारै प्रभाव पार्दै गएकोले हुने खाने धनीमानी पुजीपतिहरुको प्रभुत्व ज्ञानको व्यवस्थापनमा रहेको पाउन सकिन्छ । माक्र्सवादी चिन्तनसहित कम्प्युनिष्टहरुले वकालत गर्ने साम्यबादी, समाजवादी अर्थराजनीतिले पिडित, शोषित, मजदुर र श्रमजिवीहरुको साहित्य लगायत ज्ञान व्यवस्थापनमा कम अभ्यास भएको पाउन सकिन्छ । तर, विश्वमा अर्थतन्त्रलाई मजबुत बनाउँदै तछाडमछाड गर्दै ज्ञान व्यवस्थापनमा प्रभाव र रवाफ जमाउनमा दिनरात प्रतिस्पर्धीको शैलीमा विश्व जगतमा खुल्ला रुपमा रहेका छन् । विश्व अर्थतन्त्रलाई बौद्धिक सम्पत्तिका आधारमा र कोरा अदक्ष जनशक्तिको श्रम शोषणका आधारमा कम विकसित र विकासोन्मुख राष्ट्रहरुको ज्ञान व्यवस्थापन शैलीमा ह्रास हुदै गएको पाउन सकिन्छ । अल्प विकसित देशहरुका नागरिकहरुको ज्ञानको क्षमता र पहँुच पनि अल्प संख्यामा नै हुने गरेको पाइन्छ । विश्वमा प्रतिष्पर्धाको गुणात्मक बजारमा कमजोर सावित हुने गरेको पाउन सकिन्छ ।

ज्ञान व्यवस्थापनलाई हरेक नेपालीहरुमा सही तरिकाले अवलम्वन गरी पुर्वीय दर्शनको अथाह भण्डारलाई विश्वव्यापी बनाउनमा पहल गरी बौद्धिक सम्पत्तिको विकास र विस्तार गरी आर्थिक लाभ प्राप्त गर्ने योजना बुन्नमा ढिला गर्न हुदैन । हरेक नेपालीको चाहना देशभक्ति र राष्ट्र प्रेमका साथमा स्वाभिमानीका साथै सबल अर्थतन्त्र विकास गर्नमा बाह्य ऋण र प्रभावलाई न्युनीकरण गर्नमा लाग्नुको विकल्प नै छैन । पराधिन अर्थतन्त्र निर्माणका विरुद्धमा लागि स्वाधिन र स्वाभिमान अर्थ निर्माणमा लागि पर्न ज्ञान व्यवस्थापनको सृजना र विकाससहित विस्तारमा लाग्नु पहिलो प्राथमिकता हुने छ । नेपाली राजनीतिशास्त्रको राजनीतिक संस्कार र सँस्कृतीलाई सकारात्मक सोचसहित जनजीविका, जनसवाललाई सम्मानसहित इज्जत गर्ने अमूल्य मतदाताको सम्मान गर्ने परिपाटीको विकास गर्नमा ढिला भएको छ । ज्ञानरुपी प्रवचन, भाषण, घोषणा पत्र र राजनीतिक दस्तावेजहरुले परिर्वतित विश्व जगतको सवालमा अब्बल दर्जाको नागरिक निर्माणमा टेवा दिने नीति नभएको भन्न लायक हुनु हँुदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->