सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड सुरु, पोखरा महानगरको विजयी सुरुवात

जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड सुरु, पोखरा महानगरको विजयी सुरुवात


  • Dhorpatan News
  • फाल्गुन १४ २०७९, आइतबार

पोखरा / १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता आजदेखी सुरु भएको छ । पोखरा रंगशालामा सुरु भएको प्रतियोगितामा पोखरा महानगरपालिकाले विजयी सुरुवात समेत गरेको छ ।

पोखरा महानगरपालिकाले एथलेटिक्स तर्फ विजयी सुरुवात गरेको हो । एक सय मिटर दौडमा पोखरा महानगरका रिसव श्रेष्ठले स्वर्ण हासिल गरे । उनले १२ सेकेन्ड १ मिलिसेकेन्डमा दुरी पुरा गरे ।

पोखराकै दिपेश याुदवले रजत पदक हासिल गरे । उनले १२ सेकेन्ड २ मिलिसेकेन्डमा पार गरे । माछापुच्छे्र गाउँपालिकाका कृष्ण गुरुङले कास्य हासिल गरे उनले १३ सेकेन्डमा दुरी पुरा गरे ।

अन्नपूर्णका राजेश विकले १३ सेकेन्ड २ मिलिसेकेन्डमा दुरी पुरा गर्दै सान्त्वना भए । छात्रा तर्फ पोखराकी एन्जल अधिकारीले १४ सेकेन्ड १ मिलिसेकेन्डमा दुरी पार गर्दै स्वर्ण जितिन् ।

पोखराकै पवित्रा गुरुङले १४ सेकेन्ड ६ मिलिसेकेन्डमा दुरी पुरा गर्दै रजत जित्दा रुपा गाउँपालिकाकी सुरक्षा ढुंगानाले १५ सेकेन्डमा पुरा गर्दैै कास्य हासिल गरिन् ।

मादी गाउँपालिकाकी कृष्टीना गुरुङले १५ सेकेन्ड ५ मिलिसेकेन्डमा दुरी परा गर्दै सान्त्वना स्थान हासिल गरिन् । ४ सय मिटर दौड छात्रतर्फ पोखराका सन्दिप कुँवरले स्वर्ण हासिल गरे । ५६ सेकेन्ड ७ मिलिसेकेन्डमा दुरी पुरा गर्दै स्वणृ जितेका हुन् । पोखराकै राजिव थापाले ५७ सेकेन्डमा दुरी पुरा गर्दै रजत जिते ।

अन्नपूर्ण गाउँपालिकाका राजेश विकले कास्य हासिल गरे । उनले १ मिनेट २ मिलिसेकेन्डमा दुरी पुरा गरे । छात्रातर्फ पोखराकै सविना खातुनले स्वर्ण जितिन् । उनले १ मिनेट ८ सेकेन्ड ५ मिलिसेकेन्डमा दुरी पुरा गरिन् । पोखराकै अनुष्का अधिकारीले १ मिनेट १२ सेकेन्ड १ मिलिसेकेन्डमा दुरी पुरा गर्दै रजत जितिन् । माछापुच्छे्र गाउँपालिकाकी एलिसा परियारले १ मिनेट २२ सेकेन्ड २ मिलिसेकेन्डमा दुरी पुरा गर्दै कास्य जितिन् । अन्नपूर्णकी सन्तोषी परियार सान्त्वना भइन् ।

एक हजार पाँच सय मिटर दौड छात्र तर्फ पोखराका प्रवेश आचार्यले स्वर्ण जिते । ४ मिनेट ४४ सकेन्ड २ मिलिसेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जितेको हुन् । पोखराकै तेन्जोन रोकाले रजत पदक हासिल गरे । उनले ४ मिनेट ४६ सकेन्डमा दुरी पुरा गरे । माछापुच्छे गाउँपालिकाका तेज प्रसाद ढकालले ५ मिनेट १७ सेकेन्डमा दुरी पुरा गर्दै कास्य पदक हासिल गरे ।

छात्रातर्फ पोखराकी नारायणी भण्डारीले ५ मिनेट ५९ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जितिन् । पोखराकै कविता मगरले ६ मिनेट १७ सेकेन्डमा दुरी पुरा गर्दै रजत जितिन् । माछापुच्छे्र गाउँपालिकाकी करुणा कुमालले ६ मिनेट ४२ सेकेन्डमा दुरी पुरा गर्दै कास्य हासिल गरिन् ।
प्रतियोगिता अन्तरगत भलिबल, कबडी र मार्सलआर्टका खेल भइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->