नवलपुर / मगर दिवसका अवसरमा जिल्लाको बुलिङटार गाउँपालिकाले फागुन १५ गते (भोलि) सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीले आइतबार सूचना जारी गरेर सोमबार मगर दिवस परेकाले गाउँपालिकाभित्रका सबै विद्यालय तथा कार्यालय बन्द हुने जनाएका हुन् ।
‘सोमबार यहाँका सरकारी कार्यालय, शैक्षिक संघसंस्था र सार्वजनिक संस्थामा बिदा दिने निर्णय गरेका छौं,’ सूचनामा उल्लेख छ । बुलिङटार गाउँपालिकामा ९४ प्रतिशत मगर समुदाय बसोवास गर्छन् ।





