सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडीलाई सम्मान

राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडीलाई सम्मान


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १७ २०७९, बुधबार

बागलुङ/ बागलुङ नगरपालिकाले ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक बिजेता खेलाडीलाई सम्मान गरेको छ । मंगलबार आयोजित बिशेष कार्यक्रममा पदक जित्ने सबै खेलाडीलाई एकएक हजार नगदसहित सम्मान गरिएको हो ।

नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख कुश्मराज उपाध्याय तथा नगरशिक्षा प्रमुख धनप्रसाद पोखरेलले खेलाडीलाई सम्मान गरे ।

कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले खेलाडीको मनोबल उचो बनाउने काममा नगरले निरन्तर साथ र सहयोग गर्ने बताए । उपप्रमुख खड्काले खेलाडीलाई बधाइ ज्ञापन गरे । प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाको अध्यक्षता, शिक्षा शाखाका अधिकृत गौरव रानाको संचालन र नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->